माडी न.पा कार्यालयभित्र जथाभावी पार्किङ भएका सवारी साधनहरुको हावा फुस्काइने

माडी नगरपालिकाले नगरपालिका कार्यालयभित्र जथाभावी पार्किङ भएका सवारी साधनहरुको हावा फुस्काउने भएको छ ।

हालै नगरपालिका क्षेत्रभित्र कर्मचारी तथा जनप्रतिनिधीहरुका लागि मात्रै पार्किङको व्यवस्था गरेकोमा सेवाग्राहीहरुको मोटरसाइकल तथा अन्य सवारी साधन पार्किङस्थलको व्यवस्था गरिएको छैन । जनप्रतिनिधी र कर्मचारीहरुका लागि टिनको ट्रस बनाई पार्किङ क्षेत्र तोकिएको भएपनि आम सेवाग्राहीहरुको सवारी साधन पार्किङस्थल नहुँदा ट्रस वरपर नै सेवाग्राहीहरुले समेत सवारी पार्किङ गर्दै आएका छन् । तर अब सो स्थानमा पार्किङ गर्न नपाइने भएसंगै नगरपालिका कार्यालय बाहिरको साघुँरो बाटोमै सवारी साधन राख्नुपर्ने अवस्था सिर्जना भएको छ ।

नगरपालिकाको गाडी निकाल्न असहज भएको भन्दै कार्यालयभित्र पार्किङ गर्न रोकिएको जनाइएको छ । कार्यालय बाहिर पार्किङ गर्दा बसन्तपुर बजारको सवारी व्यवस्थापनमा समस्या हुने बजारबासीहरुको भनाई छ । माडी नगरपालिका कार्यालय तात्कालीन बघौंडा गा.वि.स.को कार्यालयमा स्थापित छ । तात्कालीन एकतले गा.वि.स. भवनमा २ तला थप गरी कार्यालय सञ्चालन गरिएको हो । तर नगरपालिका कार्यालयका रुपमा दिवाकर रंगशला नजिक निर्माणाधीन भवनलाई भने विगत २ बर्षदेखि अधुरै छाडिएको छ ।

यसमा तपाइको अभिमत

सम्बन्धित शीर्षकहरु