माडीकाे बघौडा अस्पतालमा शर्पदंश उपचार केन्द्र स्थापना हुने

शर्पदंश प्रभावित क्षेत्रका रुपमा रहेको माडी नगरस्थित बघौडा अस्पतालमा शर्पदंश उपचार केन्द्र स्थापना हुने भएको छ । बघौंडा अस्पतालमा शर्पदंश उपचार केन्द्र स्वीकृत भइसकेको र तत्कालै कार्यान्वयमा आउने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका शाखा प्रमुख डा. समीर कुमार अधिकारीले पुष्टी गर्नुभयो ।

स्वदेश एफ.एम.संग कुराकानी गर्दै डा. अधिकारीले माडी र ठोरीजस्ता बिषालु सर्पको बिगबिगी रहेको ठाउँमा सर्पदंश उपचार केन्द्र अत्यावश्यक रहेको जनाउँदै माडी नगरपालिकाको सहयोगमा केन्द्र स्थापना हुन लागेको जनाउनुभयो । यसका लागि अस्पतालमा कार्यरत चिकित्सकहरुलाई तालिम दिइसकिएको र अब केहि प्राविधिक काम पुरा गरी उपचार केन्द्र सञ्चालन हुने उहाँको भनाई थियो ।

बघौंडा अस्पतालमा यसअघि नै एम.डि.जी.पी. र मेडिकल अफिसरसहितको विशेषज्ञ स्वास्थ्य सेवा सञ्चालनमा रहेको छ । अस्पतालले २४सै घण्टा आकस्मिक जाँच, सुत्केरी तथा प्रसुती सेवा, फार्मेसी र प्रयोगशाला सेवा समेत दिइरहेको जनाएको हो । त्यसैगरी डिजिटल भिडियो एक्स-रे, डेन्टल र सामाजिक सुरक्षा स्वास्थ्य बीमा कार्यक्रमसंगै अन्य आधारभूत स्वास्थ्य सेवा सञ्चालनमा रहेको माडी नगरपालिका जनस्वास्थ्य विभागका प्रमुख शिव सुवेदीले जानकारी दिनुभयो ।

यसमा तपाइको अभिमत

सम्बन्धित शीर्षकहरु