बैकुण्ठे तालमा पौडी खेल्ने क्रममा बेपत्ता युवाको शव फेला

बैकुण्ठ तालमा पौडनेक्रममा मृत्यु भएका भरतपुर महानगरपालिका – ७, बुद्धचोकका युवा अभिनव त्रिपाठीको शव शसस्त्र प्रहरी बल कुरिनटार बेसबाट आएको हरिकृष्ण गीरि नेतृत्वको गोताखोरहरुको समूहले पानीबाहिर निकालेको छ । त्रिपाठीको शव तालको मध्यभागमा हिलोमा गडेको अवस्थामा भेटिएको हो । मृतकप्रति स्वदेश परिवारका तर्फबाट हार्दिक श्रद्धासुमन ।

बैकुण्ठमा पौडने क्रममा यसअघि पनि हताहतीका घटनाहरु भएका छन् । त्यसैले तालमा पौडन जानेहरुका लागि पूर्व सावधानीका सुचनाहरु राख्ने व्यवस्था गरिहाल्न सरोकारवाला निकायहरुलाई अनुरोध गर्दछाैँ ।

यसमा तपाइको अभिमत

सम्बन्धित शीर्षकहरु