अन्डर सेभेन्टिन कप: उपाधीका लागि बसन्तपुर युनाइटेड ‘ए’ र अयोध्यापुरी भिँड्ने

माडीको बसन्तपुरमा जारी माडी स्तरीय अन्डर सेभेन्टिन जुनियर कप नकआउट फुटबल प्रतियोगिताको उपाधीका लागि बसन्तपुर युनाइटेड क्लब ए र ए.एफ.सी. अयोध्यापुरी भिँड्ने भएका छन् । आज साेमबार सेमीफाइनल तहका दुईवटा खेल जित्दै आयोजक बसन्तपुर युनाइटेडसंगै ए.एफ.सी. अयोध्यापुरीले फाइनल यात्रा तय गरेका हुन् । अब, मंगलबार दिउँसो ४ बजे फाइनल खेल हुनेछ ।

प्रतियोगिताको सेमीफाइनल चरण अन्तरगत साेमबार भएको पहिलो खेलमा युवा दर्शन समाज बादरझुलालाई ४–१ गोलअन्तरले पराजित गर्दै बसन्तपुर युनाइटेड क्लब ए विजयी भएको हो । खेलको म्यान अफ द म्याच बसन्तपुर युनाइटेडका पदम नेपाली घोषित हुनुभयो । त्यसैगरी दोश्रो खेल सि.एफ.सी. चैनपुर र ए.एफ.सी. अयोध्यापुरीबिच भएकोमा २–० गोलअन्तरसहित एएफसी अयोध्यापुरी विजयी भएको हो । खेलको म्यान अफ द म्याच अयोध्यापुरीका प्रवेश भण्डारी घोषित हुनुभयो ।

बसन्तपुर युनाइटेड क्लबको आयोजनामा जारी सो प्रतियोगिताको विजेताले १० हजारको साथमा आकर्षक ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्दा उपविजेता टिमले ५ हजारको साथमा आकर्षक ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका अध्यक्ष नबिन बस्यालले जानकारी दिनुभयो ।

यसमा तपाइको अभिमत

सम्बन्धित शीर्षकहरु