सिटिइभिटीको छोटो अवधीको तालिम अन्तरगत कुक तालिम सुरू

दिवाकर स्मृति प्राविधिक शिक्षालयले सञ्चालन गरिरहेको छोटो अवधीको तालिम कार्यक्रम अन्तरगत ३ वटा तालिम कार्यक्रमहरु सुरुवात भएका छन् ।

माडीको बसन्तपुरस्थित मनकामना रिसोर्ट एण्ड पार्टी प्यालेसमा २ वटा समुहलाई कुक तालिम दिन सुरु गरिएको हो । त्यसैगरी दिवाकर स्मृति प्राविधिक शिक्षालय भवनमै थप एकवटा समूहलाई डकर्मी तालिम समेत दिन सुरुवात गरिएको छ । माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले एक संक्षिप्त कार्यक्रमबिच तालिमको उद्घाटन गर्नुभएको थियो । तालिममा प्रति समूह २० जनाको सहभागिता रहेको दिवाकर स्मृति शिक्षालयका प्राचार्य पुष्पराज पौडेलले जानकारी दिनुभयो । कुक तालिममा उत्कृष्ट हुने ५ जनालाई मनकामना रिसोर्ट एण्ड पार्टी प्यालेसले रोजगारी दिने जनाएको छ ।

अब, थप दुई समूहलाई सिलाई कटाई र एउटा समूहलाई मन्टेश्वरी तालिम सञ्चालन बाँकी रहेको छ । सिलाई कटाई तालिम बैशाख १५ गते तथा मन्टेश्वरी तालिम बैशाख ११ गतेबाट सुरुवात हुन लागेको जनाइएको छ । तालिममा सहभागीहरुलाई राष्ट्रिय शीप परीक्षण समितिले परीक्षा परीक्षा लिई उत्तीर्णलाई तह एकको प्रमाणपत्र उपलब्ध गराउने व्यवस्था रहेको छ ।

यसमा तपाइको अभिमत

सम्बन्धित शीर्षकहरु