ठोरी स्पोर्टस् क्लब, माडी गोल्डकप फुटबलको सेमिफाइनल प्रवेश

बसन्तपुरमा जारी माडी गोल्डकप फुटबल प्रतियाोगिता अन्तरगत आइतबार सम्पन्न एकमात्र खेलमा ठोरी स्पोर्टस् क्लब, पर्सा बिजयी भएको छ । ठोरीले टाइब्रेकरमा भरतपुर फुटबल क्लबलाई पराजित गरेको हो ।

निर्धारित समयसम्म २-२ गोलको बराबरी भएसंगै टाइब्रेकरमा धकेलिएको खेलमा ५-४ गोलअन्तरबाट ठोरीले जीत दर्ता गरेको हो । खेलको म्यान अफ द म्याच ठोरी स्पोर्टस् क्लबका कृष्ण शाक्य घोषित हुनुभयो । जीतसंगै ठोरी सेमिफाइनल प्रवेश गरेको छ ।

प्रतियोगिता अन्तरगत भोलि सोमबार हेटाैडा फुटबल एकेडमी, मकवानपुर र रामपुर फुटबल क्लब, चितवनबिच क्वार्टर फाइनल चरणको दोश्रो खेल हुनेछ । बसन्तपुर युनाइटेड क्लबद्वारा आयोजित सो प्रतियोगिताको बिजेताले रु २ लाख तथा उपबिजेताले १ लाख सहित ट्रफी प्राप्त गर्नेछन् ।

यसमा तपाइको अभिमत

सम्बन्धित शीर्षकहरु