माडीको बसन्तपुरमा आइतबारदेखि संगीतमय योग शिविर सञ्चालन सुरु

माडीको बसन्तपुरमा आज आइतबारदेखि संगीतमय योग शिविर सञ्चालन सुरु भएको छ । बसन्तपुर बजारको खेल मैदानमा आउँदो बैशाख १२ गतेसम्म दैनिक बिहान ५ देखि ७ बजेसम्म योग शिविर सञ्चालन हुनेछ ।

माडी नगरपालिकाको आयोजनामा श्रीवागिश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ आश्रमद्वारा सञ्चालित गोरक्ष योग विज्ञान शिविरले माडीको बसन्तपुरमा योग शिविर सञ्चालन गरेको हो । शिविरमा सहभागी भई योगाभ्यासका लागि माडीका विभिन्न गाउँठाउँबाट सहभागीहरु आएका थिए । शिविरकै सन्दर्भमा बैशाख ११ र १२ गते दुईदिनसम्म निःशुल्क आयुर्वेद शिविर समेत सञ्चालन हुने जनाइएको छ ।

यसमा तपाइको अभिमत

सम्बन्धित शीर्षकहरु