माडीका माछापालक कृषकहरुद्वारा माछाको खुद्रा बजार मुल्य निर्धारित

माडीका व्यवसायिक माछापालक कृषकहरुले माछाको मुल्य निर्धारण गरेका छन् । मत्स्य व्यवसायी संघ माडीको बैठकबाट निर्धारण गरिएको माछाको नयाँ खुद्रा बिक्री आज बैशाख २ गतेबाट कार्यान्वयनमा आएको हो ।

माछाको नयाँ मुल्यसुची अनुसार रहु, नैनी, ग्रास, कमन र बिगहेड जातका माछा प्रति केजी ३५०, सिल्भर, पंगास र छाडा जातको माछा प्रतिकेजी ३४० र छडी माछा प्रतिकेजी २९० रुपैंया निर्धारण गरिएको मत्स्य व्यवसायी नेत्रनाथ आलेले जानकारी दिनुभयो । माडीमा उत्पादित ज्यूदो माछाको स्थानीय बजार मुल्य पहिलोपटक निर्धारण गरिएको हो ।

यसमा तपाइको अभिमत

सम्बन्धित शीर्षकहरु