गर्दी स्वास्थ्य चौकीमा चौबिस घण्टे प्रसुती एवं प्रयोगशाला सेवा सुरु

माडीको बरुवास्थित गर्दी स्वास्थ्य चौकीमा चौबिस घण्टे प्रसुती एवं प्रयोगशाला सेवा सञ्चालन सुरु भएको छ ।

गत चैत्र १ गतेदेखि औपचारिक रुपमा सुरुवात भएको सो सेवा अन्तरगत स्वास्थ्य संस्थामा सुरक्षितसंग सुत्केरी गराउने र रगत, दिशा, पिसाब, खकार, सुगर, जण्डिस, थाइराइड आदिको परीक्षण हुने स्वास्थ्य चौकीले जनाएको छ । बरुवा बजारबाट प्रसुती एवं प्रयोगशाला सेवा सुरुवात भएसंगै साविक गर्दी क्षेत्रमा बसोबास गर्ने माडीबासीहरुलाई स्वास्थ्य सेवामा सहजता हुने स्थानीयबासीहरुले विश्वास गरेका छन् ।

माया मुलर (लालु तामाङ) र एल्मर मुलरबाट २ लाख, नारायणी सामुदायिक अस्पताल भरतपुरबाट जिन्सी र क्लिनिक सेवा समेत गरी करीब ५ लाख, माडी नगरपालिका वडा नं. १ बाट ३ लाख, वडा नं. २ बाट १ लाख, माडी नगरपालिका जनस्वास्थ्य शाखाबाट २ लाख सहयोगमा प्रसुती र प्रयोगशाला सेवा सञ्चालन भएको हो । त्यसैगरी, धनकुमारी गुरुङ र मीनकुमारी गुरुङबाट प्राप्त करीब ७ लाख ५० हजार रुपैंयाबाट स्वास्थ्य चौकी अगाडीको चौर, चौतारी र प्राङ्गण व्यवस्थापनका गरिएको माडी नगरपालिका वडा नं. १ का वडाध्यक्ष कृष्ण पौडेलले जानकारी दिनुभयो ।

यसमा तपाइको अभिमत

सम्बन्धित शीर्षकहरु