सोमेश्वर पूजामा पशुपंक्षीको बली नदिन माडीको चौधरी समुदायको आग्रह

परापूर्वकालदेखि सोमेश्वर मन्दिरमा पूजाआजा गरिआएको माडीको चौधरी समुदायले सोमेश्वर पूजामा पशुपंक्षीको बली नदिन अनुरोध गरेको छ ।

रामनवमी चैतेदशैं मेलाको अवसरमा सोमेश्वर कालीका देवीको पूजा गर्दा पशुपंक्षी बली नदिन अनुरोध गरेको हो । विगतमा थारु समुदायकै गुरौबाट पुजा एवं माडीका थारु समुदायद्वारा संरक्षण गरिएको सो मन्दिरमा चैतेदशैंको अवसरमा दुर्गाको पूजाआजा हुने गरेकोमा पछिल्ला दिनहरुमा मेला समेत लाग्ने गरेको छ ।

चितवन जिल्लाभरमा थारु समुदायको ६ वटा प्रगन्ना रहेकोमध्ये प्रगन्ना नंं १ का रुपमा रहेको माडी उपत्यकामा २२ वटा मौजा रहेका छन् । प्रत्येक प्रगन्नामा एकएकवटा देवीको मन्दिर र प्रत्येक मौजामा एकएकवटा ब्रह्मथान रहेको थारु समुदायको प्रगन्ना नं. १ का प्रमुख केवल प्रसाद चौधरी बताउनुहुन्छ । यी देवीका मन्दिरहरु मध्ये प्रगन्ना नं. १ को देवी मन्दिरका रुपमा सोमेश्वर रहेको र सो मन्दिरमा पूजाआजा गरेपश्चात सम्पूर्ण ब्रह्मथानहरुमा पूजा गर्ने थारु समुदायको प्रचलन रहेको चौधरीको भनाई छ । चौधरी समुदायका तर्फबाट चौधरीले माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकाललाई एक पत्र लेख्दै पशुपंक्षी बली निरुत्साहित गर्न आग्रह गर्नुभएको हो ।

यसमा तपाइको अभिमत

सम्बन्धित शीर्षकहरु