शिवद्वारा होमस्टेलाई तराई भू-परिधि कार्यक्रमको सहयोगमा साइकल प्रदान

मध्यपूर्वी माडीको अयोध्यापुरी मध्यवर्ती सामुदायिक होमस्टे शिवद्वारलाई तराई भू-परिधि कार्यक्रम (ताल)को सहयोगमा अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिले साइकल हस्तान्तरण गरेको छ । समितिका अध्यक्ष मथुरा बहादुर भण्डारीले होमस्टे परिवारलाई साइकल हस्तान्तरण गर्नुभएको हो ।

तराई भूपरिधी कार्यक्रम (ताल)को आथिक सहयोगमा होमस्टेलाई ७ वटा लेडिज र ८ वटा जेन्स गरी १५ वटा साइकल हस्तान्तरण गरिएको हो । हस्तान्तरित साइकलमार्फत पर्यटकहरुलाई साइक्लिङ गराउने सो होमस्टेको योजना रहेको छ । साइक्लिङका लागि बैकुण्ठे क्षेत्र र गोपालनगर क्षेत्र गरी दुईवटा रुट तोकिएको छ । साइकल राख्नका लागि होमस्टेको सभाहलसंगै पार्किङ घर निर्माण कार्य समेत जारी रहेको छ ।

यसमा तपाइको अभिमत

सम्बन्धित शीर्षकहरु