बन्यजन्तुले घरगोठ भत्काएका पीडितहरूलाई राहत रकम प्रदान

जंगली जनावरहरुले घरगोठ भत्काएर क्षती पु-याएका पश्चिमी माडीका बन्यजन्तु पीडितहरुलाई पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समिति मार्फत चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले राहत रकम प्रदान गरेको छ । समितिका अध्यक्ष नारायणदत्त सापकोटाको अध्यक्षतामा सम्पन्न राहत चेक हस्तान्तरण कार्यक्रममा माडी नगरपालिका वडा नं. २ का वडाध्यक्ष ईश्वरी ढकाल, वडा नंं १ का वडा सदस्य अमित लामा लगायतको उपस्थिति रहेको थियो ।

चितवन राष्ट्रिय निकुञ्जका जनावरहरुले घरगोठमा क्षती पु-याएका पीडितहरुमध्ये माडी नगरपालिका वडा नं. १ र २ निवासी हरि बोटे, रामप्रसाद घिमिरे, बासमती श्रेष्ठ, साबित्री घिमिरे र बुद्धिमान बोटे रहनुभएको छ । पीडितहरुलाई कूल रकम ४८ हजारको चेक हस्तान्तरण गरिएको
पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समितिका कार्यालय सचिव जगनारायण बोटले स्वदेश एफ.एम.लाई जानकारी दिनुभयो ।

निकुञ्जमा संरक्षित बन्यजन्तुहरुबाट भएका मानवीय हताहती र घाइतेहरुलाई यसअघि नै राहत हस्तान्तर भइसकेको र यसपटक घरबास तथा भण्डारणमा रहेको अन्नको क्षतीमा राहत वितरण भएको हो । यसपछि जंगली जनावरहरुबाट पशुधनमा भएको क्षती र अन्तिममा खेतीबालीको क्षतीमा राहत हस्तान्तरण गरिने निकुञ्ज कार्यालयले जनाएको छ ।

यसमा तपाइको अभिमत

सम्बन्धित शीर्षकहरु