खेलकूद विकास समिति माडी ८ को वडास्तरीय कार्यालय स्थापित

माडी नगरपालिका वडा नं. ८ को वडास्तरीय खेलकूद तथा साँस्कृतिक विकास समितिले कार्यालय स्थापना गरेको छ ।

विद्यालय समायोजमा परी खाली रहेको जीवनपुर डाँडास्थित आधारभूत विद्यालय जीवनपुरको भवनमा समितिले कार्यालय स्थापना गरेको हो । विद्यालय भवनलाई सरसफाई गरी वडा नं. ८ का युवाहरुले कार्यालय कक्ष सञ्चालनमा ल्याएका हुन् । सो विद्यालयसंगै इन्द्रबस्ती आधारभूत विद्यालयलाई माडी नगरपालिकाले जनजीवन माध्यमिक विद्यालयमा समायोजन गरेको थियो ।

वडास्तरीय युवा, खेलकूद तथा साँस्कृतिक समितिका अध्यक्ष निशान पौडेलको अध्यक्षतामा सम्पन्न सरसफाई तथा कार्यालय कक्ष स्थापना कार्यक्रममा माडी नगरपालिका वडा नं. ८ का वडाध्यक्ष कृष्णराज अधिकारी, समितिका सल्लाहकार सुर्य बहादुर भण्डारी, जनजीवन माध्यमिक विद्यालयको व्यवस्थापन समिति अध्यक्ष श्याम पौडेल लगायत समितिका पदाधिकारी र सदस्यहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको अभिमत

सम्बन्धित शीर्षकहरु