चैतेदशैं मेलाको तयारी स्वरुप सोमेश्वरगढी क्षेत्रमा सरसफाई

सोमेश्वरगढीमा सुरु हुन लागेको चैतेदशैं मेलाको तयारी स्वरुप सोमेश्वरगढी क्षेत्रमा सरसफाई गरिएको छ । समुदायमा आधारित चोरी शिकार प्रतिरोध युवा जागरण ईकाइ बघौंडाको आयोजनामा सोमेश्वर क्षेत्रको चिसापानीदेखि कालीका मन्दिर क्षेत्रसम्मस रसफाई गरिएको इकाईका कोषाध्यक्ष सरोज लामिछानेले स्वदेश एफ.एम.लाई जानकारी दिनुभयो ।

सरसफाई कार्यक्रममा सोमेश्वरगढी पूजा व्यवस्थापन समिति, छिमेकी देश भारतको एस.एस.बी., शसस्त्र प्रहरी बोर्डर आउट पोष्ट छरछरे, ईलाका प्रहरी कार्यालय र माडी नगरपालिका वडा नं. ३, ४ र ५ का जनप्रतिनिधीहरु एवं पूजा व्यवस्थापन समितिको समेत सहभागिता रहेको थियो । सरसफाई गरिएसंगै पूजाको व्यवस्थापनका लागि बसेको संयुक्त बैठकमा भारतीय पक्षले मेला अवधीमा मदिरा नियन्त्रण गर्न आग्रह गरेको पूजा समितिका अध्यक्ष पिताम्बर पोखरेलले जनाउनुभयो ।

आउँदो चैत्र १९ गते सोमेश्वर कालीकाको मन्दिर मर्मत गर्ने र २२ गतेबाट सोमेश्वरगढीमा आवासीय रुपमा बस्ने समितिको योजना रहेको छ । सोमेश्वरगढी क्षेत्रको पर्यटकिय पुर्वाधार विकासको लागि खानेपानी, शौचालय, सत्तल, सिँढी, विश्राम स्थल लगायतका संरचनाहरुको निर्माण कार्य समेत जारी रहेको छ ।

यसमा तपाइको अभिमत

सम्बन्धित शीर्षकहरु