भरतपुर ५, कैलाशनगरस्थित वडा कार्यालयमा गएराती सिलिण्डर बम बिष्फोट

भरतपुर महानगरपालिका वडा नं. ५, कैलाशनगरस्थित वडा कार्यालयमा गएराती सिलिण्डर बम बिष्फोट भएको छ ।

राती करीब १२ः१५ बजे शक्तिशाली सिलिण्डर बम बिष्फोट भएको जिल्ला प्रहरी कार्यालय चितवनले पुष्टी गरेको हो । विस्फोटनबाट वडा कार्यालयको झ्यालका सिसा फुटेको र विस्फोटपछिको आगजनीमा परी वडाका कागजपत्रहरु जलेर नष्ट भएको चितवनका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिनुभयो । घटना थाहा पाएलगत्तै भरतपुर महानगरको दमकलले आगो निभाएको थियो ।

विस्फोट गराएको आशंकामा चितवन प्रहरीले गएराती नै ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । बिष्फोटको कसैले जिम्मा लिइनसकेको भने छैन । उद्यपि जिल्ला प्रहरी कार्यालयले विप्लव निकट नेपाल कम्युनिष्ट पार्टीले बिष्फोट गराएको अनुमान गरेको छ । मंगलबार बसेको नेपाल सरकारको मन्त्रीपरिषद् बैठकबाट विप्लव निकट नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध लगाइएको अवस्थामा बिष्फोट गराई प्रतिक्रिया दिएको चितवनबासीहरुले आशंका गरिरहेका छन् ।

यसमा तपाइको अभिमत

सम्बन्धित शीर्षकहरु