बी.बी.सी. नेपालीको साँझपख र बिहानीपख हप्ताको दुई दिन बन्द हुने

नेपालको सर्बाधिक लोकप्रीय रेडियो कार्यक्रमका रुपमा रहेका बी.बी.सी. नेपालीको साँझपख र बिहानीपख हप्ताको दुई दिन बन्द हुने भएको छ । अब एक हप्तापश्चात हरेक शनिवार र आइतबार बी.बी.सी. नेपालीका बिहानी र साँझका बुलेटिनहरु बन्द हुन लागेका हुन् ।

बी.बी.सी. नेपाली सेवा सञ्चालन गर्ने बेलायतको लण्डनस्थित ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेशनको मुख्यालयले नेपाली सेवाको प्रशारण हप्ताको पाँच दिनमै सिमित गर्ने निर्णय गरेको हो । रेडियोका श्रोताहरुलाई अप्रीय लाग्ने यो निर्णय गत २०१८ को फेब्रुअरीमै गरिएको भएपनि नेपाली सेवाले हप्ताभरीकै सेवा निरन्तर राखेको थियो । तर बेलायती सार्वजनिक प्रसारण संस्था बीबीसीले तीन महिना अघि पुनः पत्राचार गरी नेपाली सेवालाई खुम्च्याएको हो । त्यसैगरी यसै महिनाबाट मिलिजुली नेपाली कार्यक्रम पनि बन्द हुन लागेको छ

यसैबिच, हरेक शनिवार र आइतबार बीबीसी नेपालीको बिहानीपख र साँझपख प्रशारण नहुने भएसंगै स्वदेश एफ.एम.ले सो समयमा अन्य रेडियो कार्यक्रम प्रशारणको तयारी गरेको छ । अब आइतबार साँझ ०८ः४५ को समयमा बीबीसी मिडिया एक्सनले उत्पादन गरेको साझा सवाल प्रशारण हुने रेडियोकी प्रवन्ध निर्देशक अपेक्षा चौधरीले जनाउनुभयो । त्यसैगरी अन्य समयमा स्थानीय समाचार तथा विचारमुलक कार्यक्रमहरु प्रशारण गरिने उहाँले सार्वजनिक गर्नुभयो ।

यसमा तपाइको अभिमत

सम्बन्धित शीर्षकहरु