दिवाकर स्मृति प्राविधिक शिक्षालयद्वारा छोटो अवधीका तालिमहरू सञ्चालन

दिवाकर स्मृति प्राविधिक शिक्षालयको आयोजनामा माडीको नयाँ रतनी गाउँमा ३ महिने सिलाई कटाई तालिम सुरुवात भएको छ ।

रतनीको सामुदायिक भवनमा सञ्चालन सुरुवात भएको सो तालिममा माडी नगरपालिका वडा नं. ३ का २० जना महिलाहरुको सहभागिता रहेको छ । व्यवसायिक प्रकृतिको सो तालिम ३ महिनासम्म सञ्चालन हुनेछ । तालिमको एक संक्षिप्त कार्यक्रमबिच शिक्षालयका प्राचार्य पुष्पराज पौडेल र माडी नगरपालिका वडा नं. ३ का वडाध्यक्ष पुरन महतोले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।

त्यसैगरी शिक्षालयको छोटो अवधीको तालिम कार्यक्रम अन्तरगत आज नै माडीको बरुवामा इलेक्ट्रिसियन र सिलाई कटाई तालिम सुरुवात भएको छ । माडी नगरपालिका वडा नं. १ का वडाध्यक्ष कृष्ण पौडेल र शिक्षालय प्रमुख पौडेलको उपस्थितिमा सो तालिम सुरुवात भएको हो । छोटो अवधीको प्राविधिक तालिम सञ्चालन कार्यक्रम अन्तरगत शिक्षालयले व्युटीपार्लर र डकर्मी लगायतको तालिम यसअघि नै सुरुवात गरिसकेको छ ।

यसमा तपाइको अभिमत

सम्बन्धित शीर्षकहरु