शिवरात्री पर्वको अवसरमा माडी स्तरीय भलिबल र फुटसल प्रतियोगिता आयोजित

शिवरात्री पर्वको अवसर पारी ग्रिनल्याण्ड युवा क्लब, कृष्णनगरले माडी स्तरीय भलिबल र फुटसल प्रतियोगिता आयोजना गरेको छ ।

विगतका बर्षहरुमा हुनेगरेको शिवरात्री विशेष कार्यक्रमहरुको निरन्तरता स्वरुप यस बर्ष पनि खेलकुदजन्य कार्यक्रम आयोजना गरिएको आयोजक क्लबले जनाएको हो । कृष्णनगर माध्यमिक विद्यालयको प्राङ्गणमा फागुन २० गते माडीस्तरीय भलिबल र फुटसलसंगै अन्य विभिन्न रमाइला खेलहरु समेत सञ्चालन गरिने जनाइएको छ ।

यसैबिच, बालकुण्ड महाकालेश्वर शिव मन्दिर, माडी नगरपालिका वडा नं. ६ को आयोजनामा शिवरात्री पर्वकै सन्दर्भमा माडीस्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । चोरी शिकार नियन्त्रण युवा जागरण अभियान कल्याणपुर समेत आयोजक रहेको सो प्रतियोगिता फागुन १९ गते सञ्चालन हुन लागेको हो । प्रतियोगिताको प्रथम पुरस्कार नगद रु ८ हजार ५ सय तथा दोश्रो पुरस्कार नगद रु ४ हजार ५ सय रहेको खेल संयोजक अशोक पाठकले जानकारी दिनुभयो ।

यसमा तपाइको अभिमत

सम्बन्धित शीर्षकहरु