डेनिस सहयोगबाट माडीको खरकट्टामा तेश्रो अन्तर्राष्ट्रिय माडी बाल दौड सम्पन्न

माडीको खरकट्टा र दक्षिण अयोध्यापुरी क्षेत्रमा तेश्रो अन्तर्राष्ट्रिय माडी बाल दौड सम्पन्न भएको छ ।

माडी एकीकृत समावेसी दिगो विकास परीयोजना र जे.वाई.एस्.के. डेनमार्क नामक संस्थाको आयोजनामा सहभागितामुलक अन्तर्राष्ट्रिय माडी बाल दौड सम्पन्न भएको हो । परियोजनाका संयोजक समेत रहनुभएमा माडी नगरपालिका वडा नं. ८ का वडाध्यक्ष कृष्णराज अधिकारीको प्रमुख आतिथि र जनजीवन माध्यमिक विद्यालयका प्रधानाध्यापक शोभाखर गौतम विशिष्ट अतिथि रहनुभएको सो कार्यक्रम अन्तरगत नेपाली बालबालिकाहरु दौडमा सहभागी भएका थिए ।

कार्यक्रम अन्तरगत स्वास्थ्य र सफा पानीका बिषयमा रोनिशा श्रेष्ठले, माडी ब्रेन पावर पुस्तकालयबारे लाइब्रेरियन चन्दा परियारले र इन्टर लक ईंटाबारे नवराज अधिकारीले सहभागीहरुलाई जानकारी गराउनुभएको थियो ।
कार्यक्रमको दोश्रो खण्डमा बाल साँस्कृतिक कार्यक्रम सम्पन्न भएको थियो । वडाध्यक्ष अधिकारीको अध्यक्षता तथा माडीका नगर प्रमुख ठाकुर प्रसाद ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा नगर उपप्रमुख ताराकुमारी काजी महतो विशिष्ट अतिथि रहनुभएको थियो । कार्यक्रमका सहभागीहरुले प्रतियोगितात्मक रुपमा गीत तथा नृत्य प्रस्तुत गरेका थिए । विगत २ बर्षदेखि निरन्तर सो क्षेत्रमा सो प्रकृतिको अन्तर्राष्ट्रिय बाल दौड तथा साँस्कृतिक कार्यक्रम हुँदै आएको छ ।

यसमा तपाइको अभिमत

सम्बन्धित शीर्षकहरु