निकुञ्ज एेन शंसोधनको अान्दोलन अन्तरगत माडीमा छलफल कार्यक्रमहरू

चितवन राष्ट्रिय निकुञ्जभित्र सडक निर्माण नगर्नु भनी सर्बोच्च अदालतबाट फैसला आएपछि सो को विरोधमा माडीका युवाहरुले जारी राखेको चरणबद्ध दबावमुलक कार्यक्रमहरु अन्तरगत माडीमा छलफल कार्यक्रमहरू गरिएका छन् ।

मध्यवर्ती क्षेत्रको उत्पीडन बिरुद्ध अभियानको आयोजनामा माडी क्याम्पसको सभाहलमा युवा विद्यार्थीहरुबिच छलफल भएको हो । छलफलमा सो अभियानका अभियन्ताहरु शुसिल देवकोटा, अर्जुन भुसाल, अनाम किरण लगायतका अभियन्ताहरुको सहभागिता रहेको जनाइएको छ । छलफलका सहभागीहरुलाई अभियन्ता अनाम किरणले आन्दोलनको आवश्यकता, औचित्य र कार्यक्रमहरुबारे जानकारी गराउनुभएको थियो ।

त्यसैगरी माडीको खरकट्टामा विद्यालय सभा गरिएको छ । कार्यक्रममा खरकट्टास्थित जनजीवन माध्यमिक विद्यालयमा अध्ययनरत दश जोड दुई तहका विद्यार्थीहरु सहभागी भएका थिए । छलफल पश्चात माडीमा युवाहरुको आन्दोलन बिस्तार गर्न विद्यालयस्तरीय स्वयम सेवक समूह समेत गठन गरिएको अभियानका संयोजक पौडेलले स्वदेश एफ.एम.लाई जानकारी दिनुभयो ।

यसैबिच, सो अभियान अभियन्ताहरुले जंगली जनावरहरुबाट ज्यान गुमाएका परिवारहरुसंग भेटघाट गरेका छन् । जंगली हात्तीको आक्रमणमा परी ज्यान गुमाएका माडी कृष्णनगरका शुसिला भण्डारी र कृष्णकली पौडेलको परिवारसंगै जंगली हात्तीको आक्रमणबाट घाइते अन्य परिवारहरुसंग भेट गरिएको जनाइएको छ ।

यसमा तपाइको अभिमत

सम्बन्धित शीर्षकहरु