सामुदायिक भवनको निर्माण प्रक्रिया अलपत्र परेको भन्दै माडी मलाहीटोलका स्थानीयद्वारा ध्यानाकर्षण

माडीको मलाहीटोलमा बन्न सुरु भएको सामुदायिक भवनको निर्माण प्रक्रिया अलपत्र परेको भन्दै स्थानीयबासीहरुले सम्बन्धित निकायको ध्यानाकर्षण गरेका छन् । भवन निर्माणको लागि आर्थिक श्रोत जुटाई निर्माणकार्य पुरा गर्न गाउँलेहरुलले सामुहिक हस्ताक्षर गरी माडी नगरपालिकालाई पत्र बुझाएका हुन ।

बाढी तथा बन्यजन्तुको आक्रमणबाट बच्ने आश्रयस्थलका रुपमा माडी नगरपालिका वडा नं. ३, खादरटोलमा बन्न सुरुवात भएको सो भवन हाल अलपत्र अवस्थामा रहेको छ। लक्षित बर्गको बजेट अन्तरगत तात्कालीन पिछडा तथा मधेशी समुदायका लागि माडी नगरपालिकाले विनियोजन गरेको ५ लाख ३ हजार रुपैंयामा निर्माण सुरु भएकोमा जग हाल्ने काम पुरा भएको हाे । तर त्यसमाथिको कामका लागि बजेट नहुँदा काम अलपत्र परेको मधेशी तथा पिछडा वर्गको भवन निर्माण उपभोक्ता समितिकी अध्यक्ष सन्तरेशा सहनीले स्वदेश एफ.एम.लाई जनाउनुभयो ।

यसमा तपाइको अभिमत

सम्बन्धित शीर्षकहरु