अाज श्रीपञ्चमीः माडीका विद्यालयहरुमा सरस्वती पुजा सहित अक्षराम्भ गरियाे

श्रीपञ्चमी पर्वको अबसरमा माडी उपत्यकाका अधिकांश विद्यालयहरुमा सरस्वती पुजा सहित अक्षराम्भ गरिएको छ । माडीका सामुदायिक र संस्थागत विद्यालयहरुमा विशेष पूजा अर्चनासहित बालबालिकाहरुलाई अक्षरारम्भ गराइएको हो ।

प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी यो पर्व मनाउने गरिन्छ । सङ्गीत, कला, साहित्य र विद्याकी खानी सरस्वतीको विधिपूर्वक पूजा आराधना गरी स्तोत्र पाठ गरेमा पढ्न आउँछ भन्ने धार्मिक विश्वास छ । आजकै दिन साना बालबालिकालाई अक्षरारम्भ गराइन्छ । बौद्ध धर्मावलम्बीले पनि सरस्वतीलाई बोधिसत्व मञ्जुश्रीका रुपमा ज्ञानको प्रतीक मानेर पूजाआजा गर्ने परम्परा छ ।

यसमा तपाइको अभिमत

सम्बन्धित शीर्षकहरु