माडीका केशव रानाभाटले बंगुरपालन र माछापालन गरी मनग्य आम्दानी गर्दै

माडी नगरपालिका ७ गोपालनगरका युवा कृषक केशव रानाभाटले बंगुरपालन र माछापालन गरी मनग्य आम्दानी गरिरहनुभएको छ ।

२०४१ सालबाट माछा पालन सुरु गरेको उहाँको परिवारले २०६८ सालबाट बंगुरपालन सुरुवात गरेको थियो । बंगुरपालन सुरु गरेदेखि प्रायः बंगुरका पाठापाठीहरु बिक्री गर्दै आउनुभएका उहाँले बंगुरपालनबाटै बैदेशिक रोजगारी बराबर घरमै आम्दानी भइरहेको जनाउनुभयो । कृषक रानाभाटले माडी फर्म हाउस नामको कृषि कम्पनी दर्ता गरी बंगुरपालन गरिरहनुभएको हो । हाल माडी फर्म हाउसमा ११ वटा माउ बंगुर र ३१ वटा पाठापाठीहरु रहेका छन् । यो संख्या घटबढ भइरहने कृषक रानाभाटले जनाउनुभयो ।

फर्ममा पालिएका बंगुरका बच्चाहरुलाई बैज्ञानिक बिधीपूर्वक दाह्रा काट्ने तथा आइरन भ्याक्सिन र मल्टिभिटामिन दिइने गरेकाले स्वस्थ रहने, रोग प्रतिरोधात्मक क्षमता उच्च रहने र बंगुरको बृद्धिविकास राम्रो हुने गरेको उहाँले जनाउनुभयो । हाल माडीसंगै चितवनका विभिन्न कृषि फर्म र कृषकहरुले बंगुरका पाठापाठी खरिद गर्ने गरेका छन् । भाले बंगुरहरु मासुका लागि समेत विक्री हुनेगरेका छन् ।

कृषक रानाभाटले बंगुरपालनसंगै करीब डेढ बिगाहा क्षेत्रफल पोखरीमा माछापालन समेत गरिरहेको हो । बर्षमा २ पटक माछा बिक्री गरिने र त्यसबाट समेत राम्रो आम्दानी लिन सकिएको उहाँले जनाइनुभयो ।

यसमा तपाइको अभिमत

सम्बन्धित शीर्षकहरु