माडीको गर्दी सामुदायिक पुस्तकालयमा पाठकहरुको लहर बढ्दो

एक घर एक सदस्यको अवधारणा सहित माडीको बरुवा बजारमा स्थापित गर्दी सामुदायिक पुस्तकालयमा दैनिक सयौं पाठकहरुको घुइँचो लाग्न थालेको छ । माडीवासीहरुमा पढ्ने संस्कृतिको बिकास गरी शिक्षा, सुचना र ज्ञान प्रवाह गर्ने उद्देश्य सहित स्थापना भएको यस पुस्तकालयमा स्थानीय संस्थागत विद्यालयका विद्यार्थीहरु र बृद्धबृद्धाहरुको बाक्लो उपस्थिति देख्न थालिएको हो । बरुवाको रामेश्वर शिवमन्दिर परिसर भित्र १० धुर जग्गामा बनेको दुईतले पुस्तकालय भवनमा विभिन्न किसिमका पुस्तक तथा पत्रपत्रिकाहरुका अलावा प्रतिवेदन, पोष्टर, नक्सा, विश्वकोष, श्रब्य–दृश्य, खेलकुद सामग्री लगायतको उपलब्धता छ भने निकट भबिष्यमै सुचना प्रबिधी कक्ष समेत थप गरिन लागिएको छ ।

तात्कालीन गर्दी गाउँ विकास समितिबाट ३ लाख ४६ हजार, जिल्ला विकास समिति चितवनबाट ९ लाख ५० हजार, संसद विकास कोषमार्फत तात्कालीन सभासद अमिक शेरचनबाट ५० हजार तथा रिड नेपाल नामको दातृसंस्थाबाट करीब ३६ लाख र अन्य सहयोग रकम सहित कुल ५१ लख ५८ हजार रुपैंयाको लगानीमा पुस्तकालयको वर्तमान स्वरुप निर्माण गरिएको समितिका अध्यक्ष भरत तिमिल्सिनाले जानकारी दिनुभयो । पुस्तकालयको लाइब्रेरी सेक्सनमा हाल २ हजार ४ सय, बालबालिका सेक्सनमा ७ सय, युवा तथा महिला सम्बन्धि २ सय पुस्तकहरु संकलित रहेको पुस्तकालयले जनाएको छ ।

२०३३ सालमा पुस्तकालयको अवधारणा आएपछि सुरुमा धार्मिक तथ ऐतिहासिक पुस्तक र पत्रपत्रिकाहरु संंकलन गरी इलाका हुलाक कार्यालय, हरिनगरको कोठाबाट काम सुरु गरिएकोमा २०५२ सालमा पुस्तकालय भवनको शिलान्याश गरिएको थियो । २०६४ सालमा विधिवत रुपमा दर्ता पाएको यस पुस्तकालय २०६७ श्रावण २६ गते उद्घाटन भएसंगै सञ्चालन र व्यवस्थापनका लागि दुईजना कर्मचारी क्रियाशील छन् ।

यसमा तपाइको अभिमत

सम्बन्धित शीर्षकहरु