दिवाकर स्मृति विद्यालय रमाइलोडाँडाकाे ४७ औं वार्षिकोत्सव सम्पन्न

दिवाकर स्मृति विद्यालय रमाइलोडाँडाले ४७ औं वार्षिकोत्सव कार्यक्रम शैक्षिक उत्सवका रुपमा मनाएको छ ।

विद्यालयको ब्लक ए रमाइलोडाँडामा सञ्चालित सो कार्यक्रममा विद्यालयका अध्यक्ष ओवनाथ पाण्डेको अध्यक्षता रहेको थियो । त्यसैगरी माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकाल र जिल्ला शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख दीपेन्द्र सुवेदीसंगै विभिन्न सामाजिक संघसंस्था, विद्यालय र अन्य निकायका प्रमुख एवं प्रतिनिधहरुको सामुहिक आतिथ्यता रहेको थियो भने अभिभावकहरुको उल्लेख्य उपस्थिति रहेको थियो । परम्परागत कार्यक्रमहरुभन्दा फरक शैलीमा सञ्चालनको प्रयास गरिएको सो कार्यक्रमलाई व्यवस्थित बनाउन सक्दो प्रयास गरेको देखिएको थियो ।

कार्यत्रममा, माडीका नगरप्रमुख ढकाल र जिल्ला शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख सुवेदीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने विद्यालयका प्रधानाध्यापक ऋषिराम काफ्लेले आर्थिक एवं प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सो सन्दर्भमा, विद्यालयमा नियमित उपस्थित हुने र सरसल्लाह लिनेदिने अभिभावकहरु एकनारायण काफ्ले, लोक बहादुर क्षेत्री र मिता पावेलाई सम्मान गरिएको थियो । त्यसैगरी आर्थिक रुपमा अति बिपन्न विद्यार्थीहरु अभिषेक नेपाली, विवेक तामाङ र सुस्मिता बिकलाई पोशाक, झोला र पुस्तक प्रदान समेत गरिएको थियो ।

कार्यक्रममा, माडीका पर्यटकिय गन्त्वयको फोटो प्रर्दशनी, विद्यालयका अभिभावकहरुले उत्पादन गरेका कृषि उपज प्रदर्शनी, नमुना माछापालन पोखरी र विद्यार्थीहरुले तयार गरेका बिज्ञान सम्बन्धी सामग्रीहरुको प्रदर्शनी समेत गरिएको थियो । त्यसैगरी विविध साँस्कृतिक कार्यक्रम अन्तरगत विद्यार्थीहरुले साँस्कृतिक नृत्य एवं झाँकीहरु प्रदर्शन गरेका थिए । विद्यालयको बार्षिकोत्सवको अवसरमा चर्चित लोकदोहोरी गायक कुलेन्द्र विश्वकर्माले सालको पात टपरी, जिम्माल बाउको आँगनीमा लगायतका गीतहरु प्रस्तुत गर्नुभएको थियो ।

यसमा तपाइको अभिमत

सम्बन्धित शीर्षकहरु