माडीको पर्यटन विकास सम्बन्धी कार्यशाला सम्पन्न

पर्यटन विकास समिति माडीको आयोजना तथा विश्व वन्यजन्तु कोष र तराई भुपरिधि कार्यक्रमको सहयोगमा पर्यटन सम्बन्धी कार्यशाला अाज अाइतबार सम्पन्न भएको छ ।
कार्यक्रममा माडीको पर्यटन प्रवर्द्धन र विकासका सम्भाव्यताबारे पर्यटन विकास समिति माडीका अध्यक्ष नारायण पौडेल, चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत रमेश कुमार यादव र विश्व बन्यजन्तु कोषका उपनिर्देशक राजेन्द्र सुवालले गर्नुभएको प्रस्तुतीका बिषयमा कार्यक्रमका सहभागीहरुले सुझाव एवं टिप्पणी गरेका थिए । सबैको सुझाव र टिप्पणीसहित माडीको पर्यटन विकासको रणनैतिक योजना तयार गरिने कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका माडीका नगर प्रमुख ठाकुर प्रसाद ढकालले जानकारी दिनुभयो ।

माडीको पर्यटन विकासको रणनैतिक योजना परामर्श कार्यक्रम नाम दिइएको सो कार्यशालामा माडी नगरपालिका कार्यालय, माडीका वडा कार्यालयहरु, माडीका मध्यवर्ती उपभोक्ता समितिहरु, जिल्ला पर्यटन विकास समिति चितवन, होटल व्यवसायी संघ माडी, राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहा, तराई भू-परिधि कार्यक्रम रत्ननगर तथा अन्य सरोकारवाला निकायका प्रतिनिधीहरु गरी ४७ जनाको सहभागिता रहेको थियो । कार्यक्रम अयोध्यापुरी सामुदायिक होमस्टे, शिवद्धारको सभाहलमा सञ्चालन भएको थियो ।

यसमा तपाइको अभिमत

सम्बन्धित शीर्षकहरु