“बर्तमान २ तिहाईवाला सरकारले ज्यादै दम्भ देखायाे…” गगन थापा

नेपाली काँग्रेसका युवा नेता गगन कुमार थापाले बर्तमान २ तिहाईवाला सरकारले ज्यादै दम्भ देखाएको आरोप लगाउनुभएको छ । प्रधानमन्त्री के.पी. ओली नेतृत्वको सरकारले प्रतिपक्षीलाई बेवास्ता गरेको तथा आम जनताको भावनाको कदर नगरेको आरोप लगाउँदै पूर्व स्वास्थ्य मन्त्री समेत रहनुभएका थापाले संसदमा सभामुखको भूमिका सन्तुलित नदेखिएको आरोप लगाउनुभयो ।

नेपाली काँग्रेस माडी नगर समितिले अाज शनिबार आयोजना गरेको कार्यकर्ता भेटघाट तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेस नेता थापाले संबिधानसभाको दोश्रो चुनावमा काँग्रेस आफू हारेर भएपनि देशलाई जिताएको बिचार राख्नुभएको थियो । काँग्रेसकै नेतृत्वमा देशले संबिधान पाएको जनाउँदै उहाँले अब काँग्रेस गाउँदेखि केन्द्रसम्मै एक भई लाग्नुपर्ने बताउनुभयो । महासमिति बैठकपछि काँग्रेसको नेतृत्व पनि एकजुट भएको र अब सडकदेखि सदनसम्म सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गरिने उहाँको भनाई थियो ।

यसमा तपाइको अभिमत

सम्बन्धित शीर्षकहरु