चितवन राष्ट्रिय निकुञ्ज प्लाष्टिक मुक्त क्षेत्र घोषित

चितवन राष्ट्रिय निकुञ्जलाई प्लाष्टिक मुक्त क्षेत्र घोषणा गरिएको छ । आज (बुधबार) सौराहामा आयोजित एक कार्यक्रमबाट निकुञ्जलाई प्लाष्टिक मुक्त निकुञ्ज घोषणा गरिएको हो ।

प्लाष्टिकले वन र वन्यजन्तुमा नकारात्मक असर पार्ने भन्दै दुई वर्षयताको गृहकार्य पश्चात निकुञ्जलाई प्लाष्टिक मुक्त निकुञ्ज घोषणा गरिएको प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले जनाउनुभयो । स्वदेश एफ.एम.को दैनिक कार्यक्रम आजको सन्दर्भमा कुराकानी गर्दै ढकालले निकुञ्ज प्रवेश गर्ने जो कोहिले सिमित रकम धरौटी राखी प्लाष्टिकजन्य वस्तु लैजानु पर्दा दर्ता गराएर मात्रै लैजानुपर्ने र फर्किदा भित्र लगेको प्लाष्टिकजन्य वस्तु बाहिर ल्याउनुपर्ने व्यवस्था गरिएको जानकारी दिनुभयो ।

त्यसैगरी प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले कसरा, बनकट्टा, बगहीँ, अमुवा लगायतका पोष्टमा फैलिएका गुट्खा र प्लास्टिकका बोत्तलजन्य फोहोर सफा गरिने र यात्रुहरुलाई सचेत हुन आह्वान गरिने समेत बताउनुभयो । सो ठाउँहरुमा हाल प्लास्टिकजन्य फोहोर अत्यधिक बढेको छ । मुख्यतः पुरुष यात्रुहरुले पिसाबका लागि बारिएको ठाउँहरुमा पानीका बोत्तल, गुट्खा र अन्य फोहोरहरु फाल्ने गर्दा फोहोर र दुर्गन्ध बढेको हो ।

यसमा तपाइको अभिमत

सम्बन्धित शीर्षकहरु