खैरहनी मा. वि. मा गाउँखाने कथा प्रतियोगिता सम्पन्न

खैरहनी माध्यमिक विद्यालयको युवा रेडक्रस सर्कलको आयोजनामा शुक्रबार अन्तर सदन गाउँखाने कथा प्रतियोगिता सम्पन्न भएको छ । कार्यक्रममा सीता सदनका समीर घिमिरे, भावना भटट्राई र दीक्षा खड्का सम्मिलित टोली प्रथम, गौतम बुद्ध सदनका ज्योति घिमिरे, रिश्मा महतो र विश्वास देवकोटाको टोली दोश्रो तथा अरनिको सदनका आरती सापकोटा, पुष्पा के.सी. र युवराज महतोको टोली तेश्रो हुन सफल भएको छ ।

युवा रेडक्रस सर्कल खैरहनी माध्यमिक विद्यालयका अध्यक्ष विश्वास देवकोटाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक सत्य प्रकाश पौडेलले विजयी विद्यार्थी एवं सदनहरुलाई बधाई ज्ञापन गर्नुभएको थियो । कार्यक्रममा विद्यालयमा स्थापित छ वटै सदनहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको अभिमत

सम्बन्धित शीर्षकहरु