बिजुलीको पोल सार्ने काम भइरहँदा शनिबार माडीसंगै पश्चिमी चितवनमा दिनभर बिद्युतसेवा अवरुद्ध

भरतपुरस्थित बाइपास रोडमा बिजुलीको पोल सार्ने काम भइरहँदा शनिबार माडीसंगै पश्चिमी चितवन क्षेत्रमा दिनभर बिद्युतसेवा अवरुद्ध रह्यो । बाइपास क्षेत्रको सडक व्यवस्थापन कार्य अन्तरगत त्यसको छेउमा रहेको पोलहरु सार्ने काम जारी रहेको हो । अझै आगामी ५ देखि ६ शनिवार यस क्षेत्रको बिजुली अवरुद्ध रहने नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले जनाएको छ । बिजुली सेवा रोकिँदा यस क्षेत्रमा बिद्युतबाट हुने कामहरु प्रभावित भएका थिए ।

स्वदेश एफ.एम.को दैनिक सन्ध्याकालीन कार्यक्रम आजको सन्दर्भमा कुराकानी गर्दै भरतपुर वितरण केन्द्रका प्रमुख शुरेस महतोले अन्य दिनहरुमा एल.टी. लाइनका पोलहरु सार्ने गरिएपनि कार्यालय तथा उद्योग कारखानाहरु बन्द रहने शनिवारको दिन हाइ टेन्सन लाइनका पोलहरु सार्ने गरिएको जानकारी दिनुभयो । त्यसैगरी उहाँले माडी क्षेत्रमा बिजुली बिस्तारको काम तीब्रताका साथ भइरहेको र चितवन राष्ट्रिय निकुञ्जभित्र बैंकल्पिक केबुल बिछ्याउन लागिएको समेत सार्वजनिक गर्नुभयो ।

यसैबिच, माडी नगरपालिका वडा नं. ४ खैरहनीमा बिद्युत तार टाँग्ने कार्य जारी रहेको वडाध्यक्ष चन्द्रदीप महतोले जानकारी दिनुभएको छ । वडाध्यक्ष महतोले एक वक्तव्य सार्वजनिक गर्दै वडाका विभिन्न ठाउँहरुमा तार टाँग्ने काम जारी रहेको जनाउँदै निकट भविष्यमै बिजुली जोडिन लागिएको जनाउनुभयो ।

यसमा तपाइको अभिमत

सम्बन्धित शीर्षकहरु