माडी उपत्यकामा अभिनय तथा नृत्य प्रशिक्षण केन्द्र सञ्चालन हुने

भौतिक विकास निर्माण संगै सामाजिक तथा साँस्कृतिक विकास समेत जरुरी रहेको भन्दै माडी उपत्यकामा अभिनय तथा नृत्य प्रशिक्षण केन्द्र सञ्चालन हुने भएको छ । माडीमा लुकेर रहेका प्रतिभाहरूलाई राष्ट्रियस्तरसम्म चिनाउन तथा कलाकारिताको क्षेत्रबाट माडीको विकासमा टेवा पुर्याउन माडी डान्स एकेडेमीको नाउँबाट व्यवसायिक प्रकृतिका नृत्य एवं अभिनय सिकाई केन्द्र सञ्चालन हुन लागेको एकेडेमीका प्रवन्ध निर्देशक सुरेश सुवेदी सौरभले स्वदेश एफ.एम.लाई जानकारी दिनुभयो । एकेडेमीमा ५ बर्षभन्दा बढी उमेरका प्रशिक्षार्थीहरुलाई नृत्य सिकाई विभिन्न साँस्कृतिक कार्यक्रमहरुमा नृत्य प्रस्तुती एवं म्युजिक भिडियोहरुमा अभिनयको अवसर दिइन प्रवन्ध निर्देशक सौरभको भनाई थियो ।

माडी उपत्यकामा यसअघि पनि नृत्य प्रशिक्षण केन्द्रहरु स्थापना हुँदै आएपनि निरन्तरता दिन भने सकेका थिएनन् । तर यतिखेर माडी क्षेत्र नगरपालिका घोषित भई बजारिकरण बढेको सन्दर्भमा कलाकारिता क्षेत्रको समेत विकास हुनुपर्ने आवश्यकता महसुस गरी केन्द्र सञ्चालन गरिएको प्रवन्ध निर्देशक सौरभको भनाई छ ।

यसमा तपाइको अभिमत

सम्बन्धित शीर्षकहरु