माडीको छरछरेमा एकादशी मेलाका साथै विशेष साँस्कृतिक कार्यक्रम सम्पन्न

हरिबोधनी एकादशीको अवसरमा माडीको छरछरेमा एकादशी मेलाका साथै विशेष साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । मेलाको अवसरमा छरछरे शिव मन्दिरमा विशेष पुजा अर्चना तथा माहेश्वरी नदीको वारपार तोरण टाँगिएको छ । तोरण तारणका लागि विभिन्न धार्मिक संघसंस्था तथा गाउँ समुदायहरुबाट भक्तजनहरु भजनकीर्तनका साथ छरछरे पुगेका थिए ।

मेलाकै अवसरमा युवा खेलकुद तथा साँस्कृतिक समिति, माडी नगरपालिका वडा नं. ५ को आयोजना छरछरेमा बृहत साँस्कृतिक कार्यक्रम समेत सम्पन्न भएको छ । मेला आयोजक मूल सुमितिका संयोजक तिलक भुसालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकाल रहुनभएको थियो । कार्यक्रममा राष्ट्रिय लोकदोहोरी कलाकारहरु नबिन पौडेल र सम्झना भण्डारीको प्रस्तुतीले मेलामा आएका श्रद्धालु भक्तजनहरु तथा युवावर्गहरुलाई नँचाएका थिए । कार्यक्रमको प्रवद्र्धक माडी नगरपालिका वडा नं ५ रहेको थियो भने मेलामा श्रद्धालु भक्तजनहरुको बाक्लो उपस्थिती रहेको थियो ।

विगत २०३१ सालदेखि हरेक बर्ष हरिबोधनी एकादशी पर्वको दिन छरछरेमा एकादशी विशेष मेला लाग्दै आएको छ । मेला भर्न माडीका विभिन्न गाउँहरुसंगै माडी बाहिरका क्षेत्रहरुबाट समेत दर्शनार्थी र श्रद्धालु भक्तजनहरु छरछरे पुग्ने गरेका छन् ।

यसमा तपाइको अभिमत

सम्बन्धित शीर्षकहरु