माडीको सिधुवा गाउँमा एकादशी मेलाका साथै थारु साँस्कृतिक कार्यक्रम सम्पन्न

हरिबोधनी एकादशीको अवसरमा माडीको सिधुवा गाउँमा एकादशी मेलाका साथै थारु साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा थारु लगायत विभिन्न जनजाती तथा आदिवासीहरुको साँस्कृतिक कार्यक्रम समेत सम्पन्न भएको छ । चर्चित थारु गायक मनोज महतोको विशेष प्रस्तुती रहेको सो कार्यक्रममा स्थानीय कलाकारहरुको प्रस्तुती रहेको थियो । साथै चिचर, माछा र घोंगी लगायतका थारु परिकार, र विभिन्न खाजा, फलफूल तथा अन्य सामानहरुको स्टल समेत रहेको थियो । मेलामा दर्शनार्थीहरुको ठूलो घुँइचो लागेको थियो ।

एकादशी मेला आयोजक मुल समितिका संयोजक टुमराज महतोको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकाल रहनुभएको थियो । कार्यक्रमको विशिष्ट अतिथिहरुमा वडाध्यक्ष चन्द्रदीप महतो तथा थारु कल्याणकारिणी सभा, क्षेत्र नं. १, माडीका सचिव शुक्रमीया चौधरी रहनुभएको थियो ।

यसमा तपाइको अभिमत

सम्बन्धित शीर्षकहरु