तिहारको आगमनसंगै माडीका संघसंस्थाहरु देउसी भैलो र साँस्कृतिक कार्यक्रमहरुमा ब्यस्त

तिहारको आगमनसंगै माडीका विभिन्न संघसंस्थाहरु देउसी भैलो र साँस्कृतिक कार्यक्रमहरुमा ब्यस्त भएका छन् । विभिन्न सामाजिक उद्देश्यहरु राखी माडीभर देउसी भैलो तथा साँस्कृतिक कार्यक्रमहरु सञ्चालन गरिएको छ । तिहारकै अवसर पारी बुधबार राती सामुदायिक बहउद्देश्यीय श्रोत केन्द्र, माडीले तिहार विशेष साँस्कृतिक कार्यक्रम सञ्चालन गरेको छ । उता, माडीको अम्रौली गाउँमा स्थानीय क्लबको आयोजनामा तिहार विशेष साँस्कृतिक कार्यक्रम गरिएको छ । कार्यक्रममा माडी डान्स आइडलका विजेताहरुसंगै स्थानीय कलाकारहरुको साँस्कृतिक प्रस्तुती र थारु जातीको विभिन्न झाँकीहरु प्रस्तुत रहेको आयोजक संस्थाका सदस्य शुष्मा चौधरीले जानकारी दिनुभयो ।

तिहार पर्वको अवसर पारी माडीभर देउसी भैलो कार्यक्रमहरु समेत सुरुवात भएका छन् । कतिपय संघसंस्था र समूहहरुले बुधबार बिहानैदेखि देउसीभैलो सुरु गरेका छन् भने केहिले लक्ष्मीपूजा गरिएलगत्तै देउसीभैलो सुरु गर्ने तयारी गरेका छन् । चिरौली युनाइटेड क्लबले लक्ष्मी पूजासंगै देउसी भैलो सुरु गरेको छ । उता, गाउँ विकासमा सघाउन माडीको छरछरे गाउँबासीहरुले देउसीभैलो सुरुवात गरेका छन् । भैरवपुर स्काउट कोषको सहयोगार्थ भैरवपुर आधारभूत विद्यालयको स्काउट ट्रुपले समेत देउसी भैलो गरिरहेको छ । त्यस्तै माडीको घोसरी गाउँमा स्थानीय युवाहरुको समूह देउसी भैलोमा व्यस्त छ भने लक्ष्मीपूजाको अवसर पारी अयोध्यापुरीको ग्रीनल्याण्ड युवा क्लबले दीप प्रज्वलन गरेको छ ।

यसमा तपाइको अभिमत

सम्बन्धित शीर्षकहरु