दाहोरी गीत प्रतिष्ठान माडी इकाइ समितिकाे अायाेजनाः तिहार विशेष साँस्कृतिक कार्यक्रम सम्पन्न

तिहारको अवसर पारी राष्ट्रिय लोक तथा दाहोरी गीत प्रतिष्ठान नेपाल, माडी इकाई समितिको आयोजनामा आज तिहार विशेष साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

चर्चित लोकगायक खुमन अधिकारी र लोकगायिक सपना घर्तीमगरको विशेष प्रस्तुती रहेको सो कार्यक्रम माडीको बसन्तपुरस्थित खुल्ला चौरमा सञ्चालन भएको हो । माडी नगरपालिकाद्वारा प्रवद्र्धित सो कार्यक्रममा युवा खेलकुद तथा साँस्कृतिक समिति माडी नगरपालिको विशेष सहयोग रहेको राष्ट्रिय लोक तथा दाहोरी गीत प्रतिष्ठान नेपाल, माडी इकाई समितिका अध्यक्ष प्रदीप सापकोटाले जनाउनुभयो । आयोजकले कार्यक्रममा दर्शकहरुको व्यापक सहभागितको अपेक्षा गरेको भएपनि अपेक्षित दर्शकहरुको सहभागिता भने देखिएन ।

यसमा तपाइको अभिमत

सम्बन्धित शीर्षकहरु