तिहारको अवसर पारी अाज माडीमा विविध साँस्कृतिक कार्यक्रमहरू हुँदै

तिहारको अवसर पारी राष्ट्रिय लोक तथा दाहोरी गीत प्रतिष्ठान नेपाल, माडी इकाई समितिको आयोजनामा आज (बुधबार) दिउँसो तिहार विशेष साँस्कृतिक कार्यक्रम सञ्चालन हुन लागेको छ ।

चर्चित लोकगायक खुमन अधिकारी र लोकगायिक सपना घर्तीमगरको विशेष प्रस्तुती रहने सो कार्यक्रम बुधबार माडीको बसन्तपुरस्थित खुल्ला चौरमा सञ्चालन हुन लागेको हो । माडी नगरपालिकाद्वारा प्रवद्र्धित सो कार्यक्रममा युवा खेलकुद तथा साँस्कृतिक समिति माडी नगरपालिको विशेष सहयोग रहेको राष्ट्रिय लोक तथा दाहोरी गीत प्रतिष्ठान नेपाल, माडी इकाई समितिका अध्यक्ष प्रदीप सापकोटाले जनाउनुभयो । कार्यक्रममा सहभागिताका लागि आयोजकले सार्वजनिक आह्वान गरेको छ ।

त्यसैगरी बुधबार साँझ सामुदायिक बहुउद्देश्यीय श्रोत केन्द्र माडी तथा माडीका पाँचपाण्डव, बघौडा, रेवा र अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिहरु एवं माडी नगरपालिकाको संयुक्त आयोजनामा साँझ ७ः३० बजेदेखि तिहार विशेष साँस्कृतिक कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा नृत्य एवं हाँस्यव्यङग प्रस्तुतीहरुसंगै स्थानिय कलाकारहरुको समेत बेजोड प्रस्तुती रहने जनाइएको छ ।

यसमा तपाइको अभिमत

सम्बन्धित शीर्षकहरु