माडीमा साेमबार राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्ती मनाइने

माडी आयुर्वेद औषधालयको आयोजनामा साेमबार राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्ती मनाइने भएको छ । विश्वकै प्राचीनतम चिकित्सा पद्धति मानिएको आयुर्वेदका प्रणेता भगवान धनवन्तरिको उत्पत्ति कात्तिक कृष्ण त्रयोदशीका दिन भएकाले हरेक वर्ष सो दिन आरोग्य दिवस मनाउने गरिएको माडी आयुर्वेद औषधालयका निमित्त प्रमुख डा. हिमालय कुमार श्रेष्ठले जनाउनुभयो ।

आरोग्य दिवश एवं धन्वन्तरी जयन्तीका अवसरमा साेमबार बिहान ८ बजे माडी आयुर्वेद औषधालयमा विशेष पुजाअर्चना गरी प्रसाद वितरणको कार्यक्रम रहेको छ । मानिसको जीवनलाई सरल एवम् सहज बनाउन आयुर्वेद पद्धति परापूर्व कालदेखि नै उपयोगी रहँदै आएको छ ।

यसमा तपाइको अभिमत

सम्बन्धित शीर्षकहरु