माडीकाे बघाैंडामा थारू जितिया झम्टा विशेष साँस्कृतिक कार्यक्रम अायाेजित

आउँदो जितिया पर्वको अवसरमा थारु कल्याणकारिणी सभा क्षेत्र नं. १, माडी र स्वदेश एफ.एम. ९३.२ मेगाहर्जको संयुक्त आयोजनामा जितिया झम्टा विशेष कार्यक्रम हुने भएको छ । थारु कल्याणकारिणी सभाको भवन, बघौंडामा आज थारु कल्याणकारिणी सभा क्षेत्र नं. १ माडी र स्वदेश एफ.एमबिच भएको संयुक्त बैठकले थारु जितिया झम्टा विशेष साँस्कृतिक कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो ।

कार्यक्रम आउँदो असोज १३ गते शहीद कमल बिपिन स्मृति पार्क, बघौंडामा सञ्चालन गर्ने समेत निर्णय भएको छ । कार्यक्रम अन्तरगत सहभागितामुलक ढंगबाट माडी क्षेत्रका सम्पूर्ण थारु गाउँ वा समूहहरुद्वारा थारुको साँस्कृतिक महत्वको जितिया झम्टा प्रदर्शन गरिने छ । कार्यक्रमको थप आकर्षणका रुपमा घोंगी चिचर माछा लगायतका थारु परिकारको स्टल, थारुका परम्परागत झाँकी प्रदर्शनी र थारु जातीको ऐतिहासिक सामग्रीहरुको प्रदर्शनी समेत गरिने आयोजकको योजना रहेको छ ।

थारु कल्याणकारिणी सभाले थारु जातीको आकर्षण र पहिचानका रुपमा रहेको जितिया झम्टा प्रदर्शको कार्यक्रम हरेक बर्ष सञ्चालन गर्दै आएको छ । जितिया झम्टा थारु समुदायसंगै अन्य समुदायको लागि समेत आकर्षण र दर्शनीय साँस्कृतिक झाँकीका रुपमा चर्चित रहेको छ ।

यसमा तपाइको अभिमत

सम्बन्धित शीर्षकहरु