आयआर्जन अभिवृद्धिका लागि शिवद्वारमा च्याउखेती तालिम सञ्चालित

माडीको शिवद्वारमा आयआर्जनका अभिवृद्धिका लागि चारदिने च्याउखेती तालिम सुरुवात भएको छ । तराई भू–परिधि कार्यक्रम (ताल) परियोजनाको आर्थिका सहयोगमा अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिद्वारा च्याउ खेतीको तालिम सुरुवात भएको हो । तालिममा स्थानीय १५ जना किसानहरुलाई कन्ये च्याउ खेतीबारे माडीका अग्रणी च्याउ उत्पादक कृषक अशोक लामिछानेले सहजिकरण गरिरहनु भएको छ ।

तालिम अन्तरगत आजपनि कन्ये च्याउ खेतीकै बिषयमा सिकाई हुने तथा भाली भदौ ७ र पर्सी ८ गते डल्ले च्याउबारे तालिम दिइने आयोजकले जनाएको छ । तालिमको अध्यक्षता होमस्टेका व्यवस्थापक तुल बहादुर पुन मगरले गर्नुभएको थियो ।

यसमा तपाइको अभिमत

सम्बन्धित शीर्षकहरु