माडीका नेवार समुदायद्वारा परम्परागत घण्टाकर्ण गठेमंगल मनाइयाे

नेवा राज समाज समिति आमा समुहद्वारा विहीबार माडीको बसन्तपुरमा नेवार समुदायको परम्परागत घण्टाकर्ण गठेमंगल सम्पन्न गरिएको छ । चतुदर्शी तिथीमा मनाइने घण्टाकर्ण गठेमंगल गत श्रावण २४ गते परेको भएपनि अन्तराष्ट्रिय आदिबासी दिवसकोको कारण उक्त दिनमा अन्य कार्यक्रमा व्यस्थ रहनुपरेकोले विहीबार नागपञ्चमिको दिनमा सम्पन्न गरिएको माडी नेवार समितिका सचिव मनोज कुमार श्रेष्ठले स्वदेश एफ. एम.लाई जानकारी दिनुभयो ।

नवगठित माडी नेवा राज समाज समिति, आमा समुहलाई सकृय बनाउनको लागि समितिका संरक्षकद्वय, उपेन्द्र कुमार श्रेष्ठ र मनोज कुमार श्रेष्ठले उक्त समितिका सम्पुर्ण नेवार आमासमुह सदस्यलाइ कार्यक्रममा सहभागी गराउनुभएको थियो । नेवार समुदायको घण्टाकर्ण गठेमंगलमा नेवार समुदायको बालबच्चाहरुलाई भुतको डर हटाउनको लागि भुतको प्रतिकात्मक मुर्ती बनाएर त्यसलाई नदी तथा खोलाको किनारमा लगेर जलाउने प्रचलन चलिआएको र नेवार जातीको यो रितीरिवाजलाई कायम राख्नको लागि घण्टाकर्ण गठेमंगल मनाइएको समितिका सचिव श्रेष्ठले बताउनुभयो ।

यसमा तपाइको अभिमत

सम्बन्धित शीर्षकहरु