पूर्वी माडीको बगही बजारमा दुग्ध संकलन केन्द्र सञ्चालनमा

पूर्वी माडीको बगही बजारमा दुग्ध संकलन केन्द्र सञ्चालनमा आएको छ । कृष्णनगर दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड, माडी नगरपालिका – ९ गोबिन्दबस्तीद्वारा सो दुग्ध संकलन केन्द्र सञ्चालनको सुरुवात भएको हो । अाइतबार बिहान एक संक्षिप्त कार्यक्रमसंगै दुग्ध संकलन केन्द्र स्थापना भई सेवा सुरु गरिएको संकलन केन्द्र सञ्चालनको जिम्मेवारी लिनुभएका कृषक दुर्गा बहादुर अधिकारीले स्वदेश एफ.एम.लाई जानकारी दिनुभयो ।

पूर्वी माडीका गोबिन्दबस्ती, प्याउली, राइटोल, कृष्णनगर तथा कुसुमखोला सम्मका किसानहरुले सो संकलन केन्द्रमा दुध बिक्री गर्ने सञ्चालक अधिकारीले बताउनुभयो । संकलित दुधलाई सहुलियत मुल्यमा स्थानीय बजारमै बिक्रीवितरण गर्ने र बाँकी दुध चिस्यान केन्द्रहरुमा पु¥याउने उहाँको भनाई थियो ।

यसमा तपाइको अभिमत

सम्बन्धित शीर्षकहरु