स्वदेश एफ.एम.ले अाइतबारबाट थप रेडियो कार्यक्रमहरु प्रशारण सुरुवात

स्वदेश एफ.एम.ले आज अाइतबारबाट थप रेडियो कार्यक्रमहरु सञ्चालन तथा प्रशारण सुरुवात गरेको छ । माडी उपत्यकाभरी सञ्चालन गरिएको श्रोता सर्भेक्षणको सुझावअनुसार जलवायु परिवर्तन अनुकुलन, मानव र बन्यजन्तुबिचको द्वन्द न्यूनिकरण तथा सार्वजनिक चासोका विभिन्न रेडियो कार्यक्रमहरु थप गरिएको रेडियोको व्यवस्थापन पक्षले जनाएको छ । यसका साथै स्वदेश एफ.एम. र रेडियो अडियो मनोरञ्जन नेटवर्क काठमाडौंबिच सो नेटवर्कमा समाहित हुने सम्झौता भई रेडियो अडियोद्वारा उत्पादित मनोरञ्जनात्क कार्यक्रमहरु समेत प्रसारण सुरु भइसकेको जनाइएको छ ।

प्रसारणको छोटो समयमै स्वदेश एफ.एम. माडी उपत्यकासंगै पश्चिमी चितवन र नवलपुर क्षेत्रमा लोकप्रीय रेडियोका रुपमा स्थापित भइसेको श्रोता सर्भेक्षणको रिपोर्टले समेत देखाएको छ । माडीकै सर्बाधिक ‘एभरेज ट्युनिङ आवर’ भएको र ‘पपुलर च्वाइस स्टेशन’का रुपमा छनोटमा परेको स्वदेश एफ.एम. इन्टरनेट अनलाइनमा पनि माडीकै सर्बाधिक सुनिने रेडियोका रुपमा निरन्तर स्थान कायम गर्न सफल रहिरहेको साउटकास्ट सिस्टममा उल्लेख गरिएको छ ।

यसमा तपाइको अभिमत

सम्बन्धित शीर्षकहरु