घाटीको क्यान्सर पीडित नेता भुसालको उपचार सहयोगार्थ रकम हस्तान्तरण

घाटीको क्यान्सरले पीडित रहनुभएका संरक्षणकर्मी तथा माडीका पुराना बामपन्थी नेता यमकान्त भुसालको उपचार सहयोगार्थ आज रकम हस्तान्तरण गरिएको छ ।

भुसालको उपचार सहयोगार्थ मंगलबारसम्म संकलित रकम रु एक लाख सत्र हजार रुपैयाँ आज पिडित यमकान्त भुसाललाई हस्तान्तरण गरिएको हो । भुसालको उपचार सहयोग समितिका सह–संयोजक प्रेमराज तिमल्सिनाले बि.पी.कोइराला मेमोरियल क्यान्सर अस्पतालमा भुसालको स्वास्थ्य स्थितिबारे जानकारी लिँदै रकम हस्तान्तरण गर्नुभएको हो । उपचारको लागि आर्थिक अभाव हुन नदिने समितिको लक्ष्य रहेको जनाउँदै संयोजक तिमिल्सिनाले आफ्नो आत्मवल उच्च राख्न पिडितलाइ सल्लाह समेत दिनु भयो ।

पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष तथा साविक गर्दी गा.बि.स. को वडा नं. ९ का वडाध्यक्ष रहिसक्नुभएका यमकान्त भुसाल नेपाल कम्युनिष्ट पार्टीमा आवद्ध भई राजनैतिक तथा सामाजिक र शैक्षिक क्षेत्रमा योगदान पु¥याउँदै आउनुभएको छ । हाल ६३ बर्षको उमेरका भुसालको उपचारमा करीब १८ लाख रुपैंया खर्च हुने भएपनि भुसालको आर्थिक अवस्था भने कमजोर रहेको छ । सहयोग संकलनक अभियान हाल माडी उपत्यकासंगै विभिन्न ठाउँहरुमा जारी रहेको समेत समितिले जानकारी दिएको छ । यस प्रक्रियाको सम्पूर्ण विवरण आधिकारिक रुपमा स्वदेश एफ.एम., स्वदेश अनलाइन टि.भी. र स्वदेशपोष्ट डट कममार्फत सार्वजनिक हुँदै आएको छ ।

यसमा तपाइको अभिमत

सम्बन्धित शीर्षकहरु