राष्ट्रसंघीय सुरक्षा परिषद्को पछिल्लो नाकाबन्दी ‘युद्धको कदम’ : उत्तर कोरिया

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले अमेरिकी प्रस्तावमा उत्तर कोरियाको तेल आयात ९० प्रतिशतसम्मले घटाउने सहितको कडा नाकाबन्दीको प्रस्ताव सर्वसम्मत पारित गरेको छ ।

उत्तरका प्रमुख व्यापार साझेदार चीन र रुसले समेत समर्थन गरेको सो नाकाबन्दीसंगै उसको पारमाणविक तथा क्षेप्यास्त्र कार्यक्रमलाई लिएर यो वर्ष झनै तनाव चुलिने निश्चित भएको छ । विश्व शक्तिहरुले निरन्तरको दबाबबिच उत्तर कोरियाले आफ्ना पारमाणविक तथा क्षेप्यास्त्र कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ ।

यसअघि पनि राष्ट्रसंघको सुरक्षा परिषद्ले उत्तर कोरियाको तेल आयातमा ठूलो स्तरमा प्रतिबन्ध लगाउने पक्षमा सर्वसम्मत मतदान गरेको थियो । उत्तर कोरियाले पहिल्यैदेखि अमेरिका, संयुक्त राष्ट्रसंघ र युरोपेली संघका कैयौँ प्रतिबन्धहरु झेलिरहेको छ ।

यसैबिच, उत्तर कोरियाले संयुक्त राष्ट्रसंघले प्योङयाङविरुद्ध लगाएको पछिल्लो नाकाबन्दी ‘युद्धको कदम’ भएको जनाउँदै अमेरिकालाई निराश बनाउन आफ्नो पारमाणविक क्षमतालाई सुदृढ गर्नु एकमात्र विकल्प भएको जिकिर गरेको छ ।

यसमा तपाइको अभिमत

सम्बन्धित शीर्षकहरु