चन्द्रमामा पुनः मानवसहितको यान पठाउन अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अन्तरिक्ष संस्था (नासा)लाई पुनः चन्द्रमामा मानवसहितको यान पठाउने निर्देशन दिएका छन् ।

जनवादी गणतन्त्र चीनले चन्द्रमामा मानवसहितको यान पठाउने घोषणा गरेको पृष्ठभूमिमा अमेरिकाले दोश्रो चन्द्रमा मिसन अगाडि बढाउन चाहेको हो । संयुक्त राज्य अमेरिकाले सन् १९६९ जुलाई २० मा पहिलोपटक आफ्ना अन्तरिक्षयात्रीद्वय निल आर्मस्ट्रङ र बुज आल्ड्रीनलाई चन्द्रमाको सतहमा उतारेको थियो । त्यस समयमा तात्कालीन सोभियत संघसंग अमेरिकाले अन्तरिक्ष परियोजनाहरुमा प्रतिस्पर्धा गरिरहेको थियो ।

अमेरिकाको चन्द्रमामा मानव अवतरणको नयाँ अभियान कहिले शुरु हुनेछ र त्यसमा कति खर्च लाग्नेछ भन्ने खुलाइएको छैन । नासाले मंगलग्रहमा एउटा मानवरहित यान पठाएको छ र त्यहाँ आउँदो तीन वर्षमा अर्को यान पठाउने बताएको छ । तर अमेरिकाले यी सबैमा लागि लाग्ने करोडौ डलरबराबरको खर्च थेग्न सक्छ कि सक्दैन भन्ने प्रश्नहरु पनि उठेका छन् । नासाका वैज्ञानिकहरुले भने राष्ट्रपति ट्रम्पको कदमको स्वागत गरेका छन् । (एएफपी, तस्वीर : विकिपेडिया)

यसमा तपाइको अभिमत

सम्बन्धित शीर्षकहरु