फिलिपिन्समा भीषण आँधी र पहिरो, २६जनाको मृत्यु भएको ४६ जना बेपत्ता

फिलिपिन्समा भीषण आँधी र पहिरोमा परी कम्तीमा २६ जनाको मृत्यु भएको छ भने ४६ जना हराइरहेका छन् । काइ–ताक नामक आँधी तथा त्यसलगत्तैको गएको भीषण पहिरोका कारण कम्तीमा २६ जनाको मृत्यु भएको राष्ट्रिय प्रकोप नियन्त्रण विभागका अधिकारीहरुले जानकारी दिएका छन् ।

बिलिरन, लेएटे पूर्वी समार र समार प्रान्त पहिरोबाट प्रभावित भएको बताइएको छ। भीषण आँधी र पहिरोको कारण ४६ जना बेपत्ता भएका छन् । बेपत्ता भएका व्यक्तिहरु फिलिपिन्सको मध्य प्रान्त रोमब्लोनका रहेका जनाइएको छ। फिलिपिन्सका केही प्रान्तहरुमा गत शनिबारदेखि सुरु भएको वर्षापछि बाढी र पहिरोले सताएको हो । आँधीका कारण कैयौँ उडान र डुङ्गाबाट गरिने यात्रा पनि अवरुद्ध भएका छन् । समुद्री तटमा रहेको टापु नै टापुले बनेको देश फिलिपिन्समा हरेब बर्ष समुद्री आँधीले ठूलो जनधनको क्षती गर्ने गरेको छ । रासस

यसमा तपाइको अभिमत

सम्बन्धित शीर्षकहरु