नायक राजेश हमाल एमाले प्रवेश गरी राजनीति गर्ने चर्चाले तात्यो फिल्म नगरी

नेपाली रजतपटका चर्चित नायक राजेश हमाल नेकपा (एमाले) प्रवेश गरी राजनीतिमा जोडिने चर्चाले फिल्म नगरी तातेको छ ।

स्थानीय तहको निर्वाचनमा काठमाडौंको वडा नम्बर २६ मा एमाले उम्मेदवारसंगै -यालीमा देखिएर राजजैतिक बहसमा तानिएका हमालले एमाले अध्यक्ष केपी ओलीलाई नै भेटेर देशका लागि उपयुक्त भूमिका खेल्न ईच्छुक रहेको बताए । यसलाई राजनीतिमा प्रवेश गर्न राजेशले उपयुक्त मौका खोजेको रुपमा बुझिएको छ । यद्यपि हमाल आफैले भने एमाले प्रवेश गर्ने नगर्नेबारे निर्णय लिइ नसकेको निकटस्थहरु बताउँछन् ।

भारत लगायतका मुलुकमा उपल्लो सदनमा कलाकारहरुको उपस्थिति रहने उदाहरण दिदैं हमालका शुभचिन्तकले राजेशलाई अवसर पाए पछि नहट्न सुझाव दिएको पृष्ठभूमिमा उनले उपयुक्त भूमिकाको खोजी गरेको बुझिएको हो । राजनीतिमा विशेष रुची राख्ने नायक हमालले अन्तर्वार्ताहरुमा उपयुक्त समयमा राजनीतिमा प्रवेश गर्ने बताउने गरेका थिए ।

यसमा तपाइको अभिमत

सम्बन्धित शीर्षकहरु