सामाजिक बिषयबस्तुमा निर्मित तीनवटा हेर्नैपर्ने चलचित्रहरु

यथार्थवादी प्रगतिशील चलचित्र : इनोसेन्ट भोइसेज

जनताको न्यायपूर्ण विद्रोह तथा आन्दोलन दमन गर्न साम्राज्यवादी अमेरिका र उसका पिछलग्गु सरकारहरु जस्तोसुकै हत्कण्डाहरु अपनाउन समेत पछि नपर्ने वास्तविकता प्रस्तुत गरेको छ स्पेनी भाषाको मेक्सिकन चलचित्र इनोसेन्ट भोइसेजले ।

भुमिमाथिको स्वाधिकार जस्ता न्यायपूर्ण माग राखी शान्तिपूर्ण आन्दोलनमा उत्रिएका मध्य अमेरिकी मुलुक एल साल्भाडोरका किसान तथा गरीबहरु साल्भाडोरियन तानाशाही सैनिक सरकारले चरम दमन गरेपछि एफ.एम.एल.एन. (फाराबुन्टो मार्टी नेशनल लिवरेशन फ्रन्ट) नामक बामपन्थी पार्टीको छातामुनी संगठित भई सन् १९८० मा सरकार विरोधी शसस्त्र संघर्षमा उत्रिए । आपूmलाई प्रजातन्त्रको विश्व ठेकेदारको रुपमा चिनाउन चाहने अमेरिकी सरकारको प्रत्यक्ष निर्देशन तथा अरबौं डलर बराबरको शैन्य सहयोगको बलमा साल्भाडोरियन सेनाले विद्रोह दवाउन थालेपछि सुरु भएको गृहयुद्धको एक दर्जन बर्षको अवधीमा करीब ७५ हजार मानिसहरुले ज्यान गुमाउनुप¥यो । युद्धमा एफ.एम.एल.एन. पक्ष विजयी हुँदै गएपछि अत्तालिएको सैनिक सरकारले आफ्नो पक्ष सुदृढ गर्ने चेष्टास्वरुप १२ बर्ष उमेर पुगेका सबै बालकहरुलाई अपहरण गरी सेनामा जवरजस्ती भर्ती गर्न थाल्नाले देखापरेको सामाजिक, राजनैतिक तथा बाल मनोविज्ञानगत प्रभाव उजागर गर्नु चलचित्र ‘इनोसेन्ट भोइसेज’ मार्फत निर्देशक लुइस म्यानडोकीको अभीष्ट हो ।

चलचित्रको कथा अनुसार अमेरिका पालित सैनिक सरकार र विद्रोही एफ.एम.एल.एन. गुरिल्लाहरु बिच युद्ध चलिरहँदा विद्रोही पक्षलाई समर्थन र सहयोग गरेको भन्दै १२ बर्षीय बालक ‘चाभा’ (कार्लोस प्याडिल्ला) तथा उनका साथीहरुलाई पक्राउ गरी हत्या गर्न जंगलछेउको खोलातिर लगिन्छ । शसस्त्र सेनाको घेरावन्दीविच झरीमा रुझ्दै मृत्यु यात्रामा रहँदा बालक चाभाले फ्ल्यास व्याक शैलीमा आफ्नो विगत सम्झँदै जान्छन् । युद्धको सुरुवात संगै वुवा विदेसिएपछि आमा ‘केला’ (लियोनोर भ्यारेला) को माया र साथीहरुसंगको हाँसखेलविच स्कूल जाने आउने गरेका चाभा एकदिन आफ्नै बिद्यालयबाट समेत सेनाले बलपुर्वक १२ बर्ष उमेर पुगेका बालकहरु अपहरण गरेपछि सन्त्रस्त बन्न पुग्दछन् । किन्तु एफ.एम.एल.एन.सदस्य तथा उनका मामा ‘तियो बेटो’ (जोसे मारिया याज्पीक)को ढाडस र नवप्रेमिका क्रिस्टिना मारिया (जूना प्रिमस) को साथका कारण उनी आफ्नो बालसुलभ गतिविधी जारी राख्दछन् । बिद्रोहीहरुको प्रभाव र विजययात्रा बढ्दै जाँदा सैनिक आतंक समेत बढ्दै जान्छ । सैनिकहरु गाउँ घेरा हाली बालक अपहरण गर्न सुरु गर्दछन् तर पूर्व जानकारी पाएका कतिपय बालकहरु भने छानामा लुकेर सेनालाई झुक्याउँछन् । दुर्भाग्यवस् सेनाले आफ्ूलाई झुक्याइएको चाल पाउँछ र दोश्रो चरणमा थुप्रै बालकहरु अपहरित हुन्छन् । चाभा र उसका साथीहरु भने सरकारी सेनामा जानुभन्दा बिद्रोही समूहमा संगठित हुने अठोटका साथ भाग्दछन् तर सेनाद्वारा पक्राउ परी मारिनका लागि जंगलछेउको खोलातिर डो¥याइन्छन् । उता चाभाको घर रहेको बस्तीका आगो लगाइन्छ र मानिसहरु घरबार विहीन भई विस्थापित हुन पुग्छन् ।

पटकथाकार ओस्कर टोर्रेजको बाल्यकालिन भोगाईमा आधारित १०७ मिनेट लामो चलचित्र इनोसेन्ट भोइसेज प्राबिधिक कोणबाट समेत शसक्त छ । चाभाको रुपमा कार्लोस प्याडिल्ला र आमाको भुमिकामा लियोनोर भ्यारेलाको अभिनय राम्रो छ । वर्गीय युद्धमा प्राणहूती दिएका साल्भाडोरियन जनताहरुको सजीव प्रस्तुतिकरण बोकेको यस चलचित्रलाई यथार्थको धरातलका उभिएको एक प्रगतिशील चलचित्रको रुपमा स्वीकार गर्न सकिन्छ ।

गरीवी र वाल मनोविज्ञानको संयोजन : द चिल्ड्रेन अफ हेभन

पँुजीवादी अर्थ व्यवस्थामा पैसाविहीन गरीव हुनुको तीता भोगाइहरु समेटेर वाल सुलभ मानोविज्ञान पस्कँदै तयार पारिएको इरानी चलचित्र हो – ‘द चिल्ड्रेन अफ हेभन’ (इरानी भाषमा : बचेहा–ए असेमान) ।

विश्वविख्यात यथार्थवादी इरानी निर्देशक मजिद मजिदीको लेखन र निर्देशनमा बनेको ८९ मिनेट लामो यस चलचित्रले दैनन्दिन जीवनका बिषयवस्तुहरु पक्रँदै भ्रातृत्व, मानवता र सामाजिक आर्थिक परिवर्तनको उद्घोष गरेको छ । विशेषतः इरानी ग्रामिण समाजको गरीवी र जनजीविकाका समस्याहरु एउटा प्रतिनिधि परिवारको दाजु वहिनीका पात्रत्व मार्फत चित्रण गर्ने अभीष्ट स्वरुप उभ्याइएका छन् प्राथमिक विद्यालय जाने उमेरका दाजु अलि (अमिर फारोख हासेमियन) र वहिनी जाह्रा (बाहोर सेद्दिकी) ।

चलचित्रको कथावस्तु अनुसार वहिनी जाह्राको जुत्ता मर्मत गराइ फर्कने क्रममा तरकारी समेत किन्न पसल छिर्दा फोहोर उठाउने व्यक्तिले फोहोर ठानी जुत्ताको पोको लैजान्छ । त्यसपछि ती कलिला दाजुवहिनी अलिकै जुत्ता लगाई पालैपालो स्कूल जान आउन थाल्दछन् किनकि उनीहरुलाई आफ्ना बुवासंग नयाँ जुत्ता किन्ने पैसा नभएको जानकारी छ । जाह्रा विहान जुत्ता लगाई स्कुल जान्छिन र छुट्टीपछि हतारहतार दौडदै फर्केर अलिलाई जुत्ता दिई दाइलाई स्कुल पठाउँछिन् । तर जति दौडेपनि अलि समयमै स्कुल पुग्न नसकी विलम्वको सजायका भागिदार वन्नुपर्छ ।

एकदिन जाह्राले आफ्नो (हराएको) जुत्ता आफ्नै एक स्कुले साथीले पहिरिएको देख्छिन तर उनको वुवा अन्धो भएको र उनीहरुको गरीवी देखेपनि जुत्ता फिर्ता माग्दिनन् वरु उनको साथी बन्छिन् । यस्तैमा एकपटक विद्यार्थीहरुमाझ दौड प्रतियोगिता आयोजना गरिन्छ जसको तेश्रो पुरस्कार एकजोर जुत्ता रहेकोले अलि दौडमा सहभागी हुन्छन् । तेश्रो हुने अभीष्टका साथ दौडिएका उनी (दुर्भाग्यवश) प्रथम हुन्छन् । अरुले बधाई दिएपनि उनी भने खिन्न र दुखित हुन्छन् किनकि उनको चाह कुनै मेडल नभई जुत्ता हो । जेहोस, अन्त्यमा दुवैका लागि बुवाले जुत्ता किनिल्याएको र अलिको सफलताको प्रतिकात्मक दृश्य संगै चलचित्र सकिन्छ ।

सन् १९९८ को ओस्कर पुुरस्कारका लागि सर्वश्रेष्ठ विदेशी भाषाको चलचित्रका रुपमा मनोनित ‘द चिल्ड्रेन अफ हेभन’ मानवीय संवेदना तरङ्गित गरिदिन सक्ने यथार्थवादी प्रगतिवादी चलचित्र हो । दुई छाक खान नपुग्ने सर्वहाराहरुका निम्ति मान सम्मानका पोकाहरु भन्दा गाँस, वास र कपासको ज्यादा खाँचो हुन्छ भन्ने शन्देस जाहेर गरेको यस चलचित्रमा मजिदीले कलिला बालबालिकाबाट लिएको विश्वस्तरीय अभिनय हेर्न पाइन्छ । अर्थहीन र कोरा मनोरञ्जनका निम्ति वनाइएका हजारौं चलचित्रहरुभन्दा फरक र पृथक रहेको यस चलचित्र पनि हेर्नैपर्ने एक श्रव्यदृश्य मान्न सकिन्छ ।

आशावादीत्व र संघर्षशीलताको कथा : द सस्याङ्क रिडिम्पसन

डरले तिमीलाई कैदीमा सिमित राख्छ किन्तु आशा र संघर्षको बलमा तिमी मुिक्तको मार्ग पहिल्याउन सफल हुन्छौ भन्ने भाव अनि शन्देस वोकेको आशावादी चलचित्र हो – ‘द सस्याङ्क रिडिम्पसन’ ।

स्टेफेन किंगको कथामा विख्यात अमेरिकी निर्देशक फ्रयाङ्क डाराबन्टद्वारा निर्देशित यस चलचित्र एकैसाथ सातवटा विधामा विख्यात एकेडेमी (ओस्कार) पुरस्कारका लागि मनोनित भएको थियो । मानिसको इच्छा शक्ति अनि सतत् प्रयत्नले उसलाई जस्तोसुकै सफलता दिलाउन सक्ने प्रेरणदायी कथानक अन्तरगत चलचित्रले एकातिर बीसौं शताव्दीको मध्य तथा उत्तरार्धकालीन बेलायती कारागार र जेलजीवन प्रस्तुत गरेको छ भने अर्कोतिर कानुनको अपव्याख्या गर्दे निर्देष व्यक्तिहरुमाथि थोपरिएको बलजफ्त जेलसजायको कटु चित्रण पनि गरेको छ ।

चलचित्रको कथा अनुसार एण्डी ड्युफ्रेन्ज (टिम रोविन्स) एक सफल युवा बैंकर हुन्छन् तर श्रीमतीसंगको किचलो र झगडा पश्चात श्रीमतीकै मागअनुसार उनको पूर्व प्रेमीकोमा पु¥याई नशा सेवन गर्दै फर्कन्छन् । दुर्भाग्यवस् त्यही रात उनको श्रीमती तथा उनको प्रेमीको हत्या हुन्छ र हत्याराको रुपमा एण्डीलाई उभ्याइन्छ । कानुनी दाउपेचको आधारमा उनलाई दुईवटा आजन्म कारावास सुनाइँदै पुर्पूक्षको निम्ति कुख्यात बेलायती सस्याङ्क कारागारका पठाइन्छ । त्यहाँ बीसौ वर्षदेखि जेलजीवन व्यतित गर्दै आइरहेका एलिस रेड (मोर्गान फ्रिम्यान) उनीसंग नजिकिन्छन् । किशोरकालमा एक हत्या गरेको आरोपमा जेल जीवन व्यतित गरिरहेका रेडको सहयोगमा एण्डीको जेल जीवन केहि सहज हुन पुग्छ । रेडले उपलव्ध गराइदिइको ज्यावलहरुको सहयोगमा एण्डी व्यस्त रहन थाल्छन् । जेलभित्र एण्डीले व्यक्तिगत पहलमा पुस्तकालय सुधार लगायतका विभिन्न काम गर्छन् । तर कारागारका वार्डेन नर्टन (बब गुरोन)को भ्रष्ट आचरणका कारण उनले पटक पटक समस्या र सास्ती भोगिरहनु परेको हुन्छ ।

अचानक, चलचित्रको उत्तरार्ध भागमा कथाले नयाँ मोड लिन्छ । सयौं बर्षको मिहिनेतले समेत छिचोल्न नसकिने ठानिएको जेलको भित्ता एण्डीले एकल गोप्य प्रयासमा प्वाल पारेर भाग्न सफल हुन्छन् । लगत्तै उनले जेलभित्रको भ्रष्टाचार अनि हत्याका समाचारहरु सार्वजनिक गर्दै रेडलाई आमन्त्रण गरी नयाँ जीवन सुरुवात गर्न प्रशान्त महासागरको किनार स्थित एक मेक्सिकन नगरमा पुग्दछन् । चालिस बर्ष बढी जेलसजाय काटेपश्चात रेडपनि जेलमुक्त भइ एण्डीको ठेगाना पछ्याँउदै आफ्नो जेलजीवनको साथी सम्म पुग्दछन् ।

चलचित्रमा १४२ मिनेटको अवधीमा एउटा सरल कथाबस्तुलाई निर्देशक फ्रयाङ्क डाराबन्टले अत्यन्त सजीव अनि चतु¥र्याईंपूर्वक प्रस्तुत गरेका छन् । फलतः यस चलचित्र विश्वभरि सफल मात्रै भएन, हरेक तह र तप्काबिच आफ्नो चीर कालीन प्रभाव छोड्न समेत सफल छ । मोर्गान फ्रिम्यान अनि टिम रोविन्स दुवैको अभिनय सशक्त छ भने चलचित्रको प्राविधिक पक्ष पनि विश्व स्तरीय छ । आदर्शवाद वा अधिभूतवादी दृष्टिकोणवाट संसार नियाल्नेहरुलाई चुनौती दिंदै संघर्षशील अनि आशावादी वन्न सिकाउने यस चलचित्रको उपलव्धता नेपाली वजारमा सहज नै छ ।

यसमा तपाइको अभिमत

सम्बन्धित शीर्षकहरु