अमेरिकाद्वारा शीतयुद्धपछि पहिलो पटक परमाणु हमलाको चेतावनी दिने साइरन परीक्षण

संयुक्त राज्य अमेरिकाको हवाई राज्यले शीतयुद्धपछि पहिलो पटक परमाणु हमलाको चेतावनी दिने साइरन परीक्षण गरेको छ । उत्तर कोरियाबाट बढ्दो क्षेप्यास्त्र तथा पारमाणविक कार्यक्रमसम्बन्धी खतराका माझ फेरि प्रत्येक महिना गरिने त्यस्तो परीक्षणको थालनी गरिएको हो । पछिल्लो पटक सन् १९८० को दशकमा शीतयुद्धको अन्तिम वर्षमा हवाईमा परमाणु हमलाको चेतावनी दिने साइरनको परीक्षण गरिएको थियो।

प्योङयाङले श्रृंखलाबद्ध रुपमा बलिस्टिक क्षेप्यास्त्रको परीक्षण गरेको छ र सेप्टेम्बर महिनामा उसले छैटौँ पारमाणविक परीक्षण गरेको थियो । उसले हालै एउटा नयाँ अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्रको परीक्षण गरेको थियो जुन क्षेप्यास्त्रले अमेरिकी मूलभूभागको जुनसुकै स्थानमा मार हान्न सक्ने उसले दाबी गरेको थियो।

ह्वासङ-१५ नामको सो नयाँ क्षेप्यास्त्र परीक्षणपछि उत्तर कोरियाले अमेरिकाको जुनसुकै ठाउँमा क्षेप्यास्त्र प्रहार गर्न सक्ने सामर्थ्य हासिल गरेको जनाएको थियो । ‘सी अफ जापान’मा खस्नुअघि एक हजार किलोमिटर मात्र यात्रा गरेको उक्त क्षेप्यास्त्रले तय गरेको उचाइले वाशिङटनलाई पनि क्षेप्यास्त्र हमलाको दायराभित्र पार्नसक्ने बलियो संकेत दिएको विज्ञहरुले स्वीकार गरेका छन् ।

यसमा तपाइको अभिमत

सम्बन्धित शीर्षकहरु