ABOUT US

‘स्टुडियो, वियोण्ड स्टुडियो’ अर्थात प्रसारण कक्षभन्दा बाहिर गाउँघर, चोक बजार र समुदायसम्म पुगी प्रत्यक्षरुपमा विविध कार्यक्रम सञ्चालनका साथै निरन्तर संगित र सत्यतथ्य एवं सन्तुलित समाचार प्रस्तुतीको उद्देश्यले यस स्वदेश एफ.एम.को स्थापना गरिएको हो । मिडियालाई विभिन्न खाल रंग, विचार वा प्रभावका पक्षहरुबाट पर राख्दै स्वतन्त्र सम्पादकीय हैसियतसहित निर्भिक पत्रकारिताको अभाव पुरा गर्न र एउटै फ्रिक्वेन्सीबाट उत्कृष्ट संगित र सुचना प्रस्तुत गर्न हामी प्रतिबद्ध रहेका छौं । राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाधीनतालाई उच्च राख्न सदैव क्रियाशील रहने यस रेडियोले मोफसलका अन्य रेडियो प्रसारकहरुसंग समन्वय गर्दै रेडियो सञ्जाल कायम गरेको छ ।

चितवन माडी लगायत नेपालका पछाडी परेका क्षेत्रहरुलाई एक्काइसौं सताव्दीको सुचना प्रविधीसंग जोड्दै विकासको मार्गमा अगाडि लैजान स्थापित स्वदेश इन्फोसिस (प्रा.) लि., नेपालले आफ्नो स्वायत्त सेवाका रुपमा स्वदेश एफ.एम. स्थापना गरेको हो । यस रेडियोको प्रसारण केन्द्र माडीकाे बसन्तपुरमा रहेको छ । भू-सतहीय प्रसारणका अलावा अनलाइन (वेवसाइट) र विभिन्न मोबाइल एप्लिकेशनहरुबाट हाम्रो प्रसारण विश्वभर सुन्न सकिन्छ ।

स्वदेश एफ.एम.को सल्लाहकारका जिम्मेवारीमा चर्चित रेडियोकर्मीहरु श्री पवनराज पौडेल र श्री महावीर विश्वकर्मा, लोकगायक एवं सञ्चारकर्मी श्री बुद्धि विश्वकर्मा र सुचना प्रविधि विज्ञ, कुशल सञ्चारकर्मी तथा हाम्रो पात्रो मोबाइल एप्लिकेशनसंग आवद्ध श्री सन्तोष देवकोटा रहनुभएको छ । त्यसैगरी बरिष्ठ समाजसेवी बालगोपाल चुकेसंगै डा. देव प्रसाद पाण्डे, डा. भानिश्वर पोखरेल र शोभा नेपाली पनि यस रेडियोको सल्लाहकार रहनुभएको छ । रेडियोको अध्यक्षको जिम्मेवारीमा देव ‘अञ्जान’ शाह तथा प्रवन्ध निर्देशकका रुपमा अपेक्षा चौधरी रहनुभएको छ । त्यसैगरी रेडियोको प्रविधि प्रवन्धकको जिम्मेवारीमा सुर्यमान शाह, समाचार तथा लेखा प्रमुखका रूपमा प्रेम पाैडेल उज्जवल, फाेटाे पत्रकारका रूपमा विजय विश्वकर्मा, कार्यक्रम सञ्चालकहरूका रूपमा संगिता घताने, अारजु लम्साल, सर्मिला लामिछाने र अशाेक परियार कार्यरत हुनुहुन्छ । त्यसैगरी बजार प्रवन्धका रूपमा दीपा सुवेदी तथा समाचारदाताका रूपमा भुपेन्द्र गीरि र दुर्गा अधिकारी कार्यरत हुनुहुन्छ ।